साधारण सेयरमा आबेदन गर्न आश्वासँगै अब अनलाईन प्रणाली, कुन बैंकले दिन्छ यस्तो सेवा ?

Feb 07, 2017 Merolagani

साधारण सेयरमा आबेदन गर्न अनेक कागजात बोकेर पट्यारलाग्दो भीडमा घण्टौ उभिनुपर्ने झंझट आश्बाले समाप्त गरेसँगै अब अनलाईन सेयर आबेदन प्रणाली पनि आउने भएको छ । घर, कार्यालय वा अन्यत्र जहाँ रहेको भए पनि ईन्टरनेटको माध्यमबाट सेयर आबेदन गरी समयको बर्बादी र झंभटबाट मुक्ति पाउने नौलो अभ्यास सुरु हुनै लागेको छ ।

नेपाल एसबीआई बैंकले आश्बा प्रणालीसँग अनलाईन सेयर आबेदन सुरु गर्ने पहिलो बैंक बन्ने घोषणा गरेको छ । बैंकले अनलाइन आस्बा तथा डिम्याट खाता एकै पटक सुरु गरेको हो । उक्त प्रणालीको नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले औपचारिक रुपमा सुरुवात गरेका छन् ।

पछिल्लो समय बैंक खाताको सम्पुर्ण कृयाकलाप अनलाइनबाट गर्नेको जमात बढ्दै गर्दा एसबिआईले आफ्नो अनलाईन बैंकिंगबाट पहिलो चरणमा आस्बाबाट सेयर आवेदन गर्न सक्ने सेवको सुरुवात गरेको हो ।

मेरोलगानीसँग कुरा गर्दै बैंकका कम्पनी सचिव तथा एसबिआई मर्चेण्ट बैंकिंगका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे भन्छन्, ‘लगानीकर्ताले आफ्नो मोवाइल तथा कम्प्युटरबाट दुई क्लिकमा आफुले चाहेको सेयर आवेदन गर्न सक्नुहोस् भन्ने लक्ष्यका साथ हामीले अनलाईन आस्बा तथा डिम्याटको सुरुवात गरेका हौं ।’

अहिले इन्टरनेटमा आधारित इबैंकिंग तथा मोबाइल बैंकिंगबाट बत्ती तथा पानीको महशुल भुक्तान गरे जस्तै गरी घरमा बसी बसी अनलाईन बैंकिंगबाट चाहेको सेयर आवेदन गर्न सक्ने घिमिरेले जानकारी दिए । उनका अनुसार
एसबिआई बैंकको मेरो साथी नामको मोबाइल एप्लिकेशनबाट पनि सेयर आवेदन गर्न सक्ने व्यवस्था केही दिनमा नै हुँदैछ । अहिले मेरोसाथी एप्समा सम्पुर्ण तयारी सकेर आवेदन प्रकृया सुरु गराउने तयारी भैरहेको घिमिरेले जानकारी दिए । डिम्याट र आस्बाको लागि मात्र बेग्लै एपको विकास गर्ने योजना अनुसार बैंक तथा मर्चेण्ट बैंकिंगले प्रकृया अघि बढाउने पनि उनले जानकारी दिए ।

 कस्तो हुनेछ अनलाईन आबेदन प्रक्रिया ?

अहिले कागजी प्रकृयाबाट आस्बा प्रणालीबाट सेयर आवेदन गर्दा बैंकमा पहिले नै आवेदन गर्न चाहेको सेयर बराबरको रकम जम्मा भएको हुनु पर्ने व्यवस्था छ । अनलाइनबाट आवेदन गर्दा पनि बैंक खातामा रकम जम्मा

हुन जरुरी छ । बैंकले आस्बाबाट आवेदन संकलन गर्ने क्रममा  एउटा कन्फरमेशन कोड उपलब्ध गराउनेछ । यसलाई सुरक्षित राखेर सेयर आवेदन गरे पछि आफुलाई पायक पर्ने समयमा कम्तीमा एक पटक बैंकमा उपस्थित भने हुनै पर्छ ।

बैंकले अनलाइनबाट तपाईको सेयर आवेदन लिए पनि सबै प्रकृया स्वचालित रुपमा पुरा हुने पद्धती नभएका कारण त्यसलाई पुर्णता दिन सेयर आवेदक कनफरमेशन नम्बर सहित बैंकमा उपस्थित हुन पर्ने घिमिरेले बताए । आस्बामा अनलाइनबाट सेयर आवेदन गरे पछि बैंकले बैंक खाताधनीलाई रकम रोक्का गरेको तथा फुकुवा गरेको सबै जानकारी उपलब्ध गराउनेछ ।

 बैंकले एसबिआई मर्चेण्ट बैंकिंगको सहकार्यमा अनलाइनबाट नै सेयरको सबै कृयालाप सञ्चालन गर्न सकिने बताएको छ । बैंकले अनलाइन आस्बा र अनलाइन डिम्याटलाई स्तरोन्नती गरी मोवाईल एम्प्लीकेसनको रुपमा विकास गर्ने योजना सहित मर्चेण्ट बैंकिंगको आधिकारिक वेबसाइट www.nsmbl.com.np को समेत औपचारिक सुरुवात भएको छ ।


अहिले बैंकले ६२ शाखा कार्यालय, ७ विस्तारित काउन्टर, ३ क्षेत्रीय कार्यालय तथा प्रधान कार्यालय समेत गरी ७३ व्यवसायिक इकाई, ९३ एटिएम बुथ लगायत २ वटा नगद जम्मा गर्ने मेशिन, २ वटा मोवाईल एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले पनि अनलाइन आस्बाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । उसले पनि केही दिनमा नै उक्त प्रणालीको सुरुवात गर्ने तयारी गरिरहेको छ । एसबिआई पछि सम्भवत इन्भेष्टमेण्ट बैंक अनलाइन आस्बा सुरु गर्ने दोस्रो बैंक हुनेछ । अहिले ४१ बैंक तथा वित्तीय संस्थाहरुले धितोपत्र बोर्डबाट आस्बाको अनुमति पाईसकेका छन् ।

आस्बा प्रणालीबाट सेयर आवेदन गर्न अब झनै सजिलो, कुन बैंक रोज्नु हुन्छ ?

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।