चिलिमे हाइड्रोले दोस्रो त्रैमासमा यस्तो देखायो वित्तीय विबरण

Feb 08, 2017 Merolagani

चिलिमे हाइड्रोले पूँजी बढेको अवस्थामा कमाई तथा प्रतिसेयर आम्दानीमा गिरावट आएको वित्तीय विबरण निकालेको छ । विद्युत बिक्रीमा सामान्य सुधार गरेको हाइड्रोले अन्य आम्दानी घट्दा प्रशाशनिक खर्च बढे पछि कमाई घटेको विबरण पस्किएको हो । यसका साथै उसको व्याज आम्दानीमा पनि भारी गिरावट आएको छ ।

हाइड्रोले चालु आर्थिक वर्षको छ महिनामा ५५ करोड ९२ लाख ३४ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा उसले ५६ करोड १७ लाख १८ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा ६४ करोड २५ लाख २३ हजार रुपैंयाको बिद्युत बिक्री शिर्षकलाई बढाएर ६५ करोड ४२ लाख ४१ हजार रुपैंया पुर्याएको हाइड्रोको अन्य आम्दानी ३६ लाख २८ हजारबाट दुई लाख २८ हजार रुपैंयामा झरेको छ ।

 

एक करोड ६५ लाख ४१ हजार रुपैंयाको प्रशासनिक खर्च दुई करोड ७९ लाख १८ हजार रुपैंयामा उक्लिए पछि सञ्चालन मुनाफामा नै गिरावट व्यहोरेको हाइड्रोको व्याज आम्दानी पनि चार करोड आठ ६६ हजार रुपैंयाबाट एक करोड ७९ लाख ९१ हजार रुपैंयामा सिमित हुँदा खुद नाफामा संकुचन बढेको हो ।

चुक्ता पूँजी तीन अर्ब १३ करोड ४४ लाख ७७ हजारबाट १० प्रतिशत बोनस बितरण गरी तीन अर्ब ४४ करोड ७९ लाख २४ हजार रुपैंया पुर्याएको हाइड्रोको प्रतिसेयर आम्दानी समिक्षा अवधिमा ३५ रुपैंया ८४ पैसाबाट ३२ रुपैंया ४४ पैसामा झरेको छ । मूल्य आम्दानी अनुपात ३७ दशमलव ९७ गुणाबाट २५ दशमलव १९ गुणामा झरेको छ ।

प्रतिसेयर नेटवर्थ पनि दुई सय ३८ रुपैंया ७२ पैसाबाट दुई सय ३१ रुपैंया ३३ पैसामा झरेको हाइड्रोको प्रतिसेयर कुल सम्पत्तिको मूल्य पाँच रुपैंयाले घटेर दुई सय ४७ रुपैंया ५२ पैसा कायम भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।