कुमारी बेंकलाई अरु धेरै प्रगति गर्नुपर्ने यसरी खटकियो आबश्यकता

Feb 09, 2017 Merolagani

बोनस, हकप्रद र अरु संस्था किनेर आफै चुक्ता पूँजी पुर्याउन कस्सिएको कुमारी बैंक(KBL)लाई अरु धेरै प्रगति गर्नुपर्ने आबश्यकता खटकिएको छ । उसको दोस्रो त्रैमासिक बित्तीय बिबरण हेरेपछि प्रस्ताबित २१ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद जारी भएपछि प्रति सेयर आम्दानीलाई सन्तुलन गर्न अरु धेरै प्रगति गर्नुपर्ने देखिएको हो ।

कुमारी बैंकले निस्क्रिय कर्जा घटाएर खुद नाफा बढाउनुलाई राम्रो पक्ष मान्न सकिन्छ तर पूँजी ब्यापक रुपमा बढाएपछि लगानीकर्ताको अपेक्षा पुरा गर्न त्यही अनुपातमा आगामी दिनमा ब्यापार बिस्तार र नाफा कमाई गर्नुपर्ने चुनौति पनि उत्तिकै छ । एनसीसी बैंकसँगको मर्ज भाँडेर आउँदाको चुनौति सामना गरिरहेको कुमारीले उसलाई देखाउन पनि अरु धेरै प्रगतिको आबश्यकता महसुस भएको हो । 

सीसीडी ७७ प्रतिशत भन्दा माथि पुगिसकेको अबस्थामा उसले थप कर्जा लगानी तत्काल गर्न नसक्ने अबस्था छदैछ । यस्तो अबस्थामा आफुसँग भएको सम्पति बिक्री र अन्य बिकल्पहरु हुनसक्छन् ।

नोटः रकमलाई करोडमा देखाईएको छ ।

कुमारीले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गरी प्रस्तावित ५० प्रतिशत हकप्रद तथा २१ प्रतिशत बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी छ अर्ब २७ करोड रुपैंया पुग्नेछ ।

काष्ठमण्डप डेभ्लपमेन्ट बैंकसहित आफुमा समाहित गरिएका संस्थाहरुको अबस्था पनि सुधारिएको अबस्थामा मात्र कुमारीलाई खुद नाफामा ब्यापक बढोत्तरी गर्न सहयोग मिल्ने छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।