नेपाल लाइफले एफपीओलाई समेत दिनेगरी कति प्रस्ताव गर्यो बोनस ?

Feb 09, 2017 merolagani

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ३०.०८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले प्रस्ताव गरेको लाभांस बोनससेयर वापतको करसहति हो । गत मिहना कम्पनीले जारी गरेको एफपीओलाई समेत बोनस प्रदान गरिने हुँदा यो अनुपात घट्ने कम्पनीले जनाएको छ ।



 

 

 

नेपाल लाइफले गतबर्षको कमाईबाट ६१ करोड ९२ लाख ८५ हजार ७२५ रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनका लागि ३ करोड २५ लाख ९३ हजार ९८६ रुपैयाँ कर प्रयोजनका लागि नगद लाभांस वितरण गर्ने जनाएको छ । करसहति कम्पनीले ३०.०८ प्रतिशत लाभांस बाड्ने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको लाभांस केही समय अगाडी बिक्री गरेको थप नयाँ साधारण सेयर अर्थात एफपीओलाई पनि प्रदान गर्नेछ । एफपीओलाई बोनस दिदा बोनस अनुपात घटेर २६.३१ प्रतिशत कायम हुने कम्पनीले जनाएको छ ।

नेपाल लाइफले चार अर्ब ४१ करोड रुपैयाँ बराबरको ३० लाख ९६ हजार ४९९ कित्ता एफपिओ जारी गरेको थियो । पुस २७ गते बाट आवेदन खुलेको कम्पनीको एफपीओमा दुई लाख ४८ हजार ५० आवेदकबाट कूल ५१ अर्ब ८८ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो ।

कम्पनीले प्रस्ताव गरेको लाभांस बिमा समितको स्वीकृति पश्चात आगामी साधारणसभाबाट पारित भएपछि मात्रै लगानीकर्तालाई वितरण गरिने प्रमुख कार्यकारी विवेक झाले जानकारी दिए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।