अरनिको बैंकले लिलाम गरेको सेयर कसले कति मूल्यमा सकार्यो ?

Feb 09, 2017 merolagani

अरनिको डेभलपमेन्ट बैंक (ARDBL) ले संस्थापक र सर्बसाधारण गरी लिलाम गरेको ९४ हजार आठ सय ४९ कित्ता सेयर १०७ जनाले सकारेका छन् । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार १६८ जनाले उक्त सेयरका लागि आवेदन गरेकोमा १०७ जनालाई मात्र सेयर बाँडफाँड गरिएको हो ।

बैंकले कातिक ८ गतेदेखि ३६ प्रतिशत हकप्रद जारी गरेकामा हकप्रदमा नबिकेको सेयर बोलकबोलमा बेचेको हो । अरनिको डेभलपमेन्ट बैंकले ५१ हजार ९० कित्ता साधारण सेयर र ४३ हजार सात सय ५९ कित्ता संस्थापक सेयर माघ १० गतेदेखि माघ २४ गते सम्म सर्बसाधरणहरुलाई बोलकबोलबाट बेच्न आवेदन खुला गरेको थियो ।

लिलाममा राखिएको सर्वसाधारण समूहतर्फको ५१ हजार ९० कित्ता कित्ता सेयरका लागि १६२ जनाले आवेदन गरेकोमा १०१ जनालाई सेयर बाँडफाँड गरिएको छ । न्युनतम १८६ रुपैंयासम्मका आवेदकले मात्र बैंकको सेयर पाएका छन् । लिलाममा सारखएको सेयरका लागि अधिकतम ३२२ रुपैंयासम्मको आवेदन परेको छ । यस आधारमा बैंकको साधारण सेयर न्युनतम १८६ रुपैँयादेखि अधिकतम ३२२ रुपैँयासम्ममा १०१ जनाले सकारेका हुन् ।

त्यस्तै ४३ हजार सात सय ५९ कित्ता संस्थापक सेयरको बोलकबोलमा छ जनाले आवेदन गरेकोमा सबैले बैंकको शेयर पाएका छन् । संस्थापक सेयरमा न्युनतम १०० रुपैँयादेखि अधिकतम १११ रुपैंयासम्मका आवेदकले सेयर सकार्ने मौका पाएका छन् । जसमा १०० रुपैँयाको आवेदकले समानुपातिक रुपमा सेयर पाएका छन् ।

बैंकको सेयर अन्तिम पटक असोज ३० गते नेप्सेमा तीन सय ७० रुपैंयाँमा कारोबार भएको थियो । बैंकले गत बर्षको नाफाबाट सेयरधनीलाई १७ प्रतिशत बोनस दिएको छ । सेञ्चुरी कर्मसियल बैंकसँग एक्वीजीसनमा गएको बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्मको अवधिमा तीन करोड ६७ लाख खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २४ रुपैयाँ ३५ पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।