जीवनबिमा क्षेत्रको सबैभन्दा ठूलो कम्पनी नेपाल लाईफले कस्तो गर्यो प्रगति ?

Feb 10, 2017 merolagani

नेपालको जीवन बिमा क्षेत्रको सबैभन्दा ठूलो कम्पनी नेपाल लाईफ (NLIC) ले दोस्रो त्रैमासमा १५ करोड ३० लाख रुपैयाँ खुँद नाफा गरेको छ । गतबर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा झण्डै एक करोड बढी हो । नेपाल लाइफले गत आर्थिक बर्षको सोही अवधिमा १४ करोड ३९ लाख रुपैयाँ कमाएको थियो ।

नेपाल लाइफले यस अवधिमा प्रतिशेयर आम्दानी १४ रुपैयाँ १३ पैसा कायम गरेको छ । कम्पनीको विमांकीय मूल्यांकनपछि प्राप्त हुने आम्दानी बाहेक नै यो आम्दानी गरेको  जनाएको छ । यसको प्रतिशेयर नेटवर्थ भने १२९ रुपैयाँ १६ पैसा रहेको छ । 

दुई अर्ब १६ करोड चुक्ता पूँजी रहेको नेपाल लाईफको जगेडा कोषमा ४० करोड ६९ लाख रुपैयाँ छ । उसको जीवन बिमा कोषमा ३५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ जुन अघिल्लो आर्थिक बर्षको दोस्रो त्रैमासको तुलनामा झण्डै २ अर्बले बढी हो । कम्पनीले महाविपत्ती कोषमा २२ करोड ४९ लाख जगेडा राखेको छ ।

कम्पनीले यसअवधिमा ४ अर्ब ८५ करोड खुद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा २ अर्ब ६६ करोड मात्रै थियो । नेपाल लाइफले यस अवधिमा दश लाख ९ हजार विमा लेख जारी गरेको छ । दावी भुक्तानी तर्फ गत बर्षको यसै त्रैमाससम्म ६० करोड रहेकोमा यस बर्ष एक अर्ब २४ करोड नाघेको छ । कम्पनीले यसअवधिमा ३७ करोड ७१ लाख रुपैयाँ दावी भुक्तानी गर्न बाँकी छ ।

नेपाल लाईफले झण्डै ३१ लाख कित्ता थप नयाँ साधारण सेयर अर्थात एफपीओ जारी गरीसकेको छ । जसको बाँडफाँट हुन बाकी छ । एफपीओ बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी झण्डै दुई अर्ब ५० करोड पुग्ने छ ।

नेपाल लाइफले गतबर्षको कमाईबाट ६१ करोड ९२ लाख ८५ हजार ७२५ रुपैयाँ बराबरको बोनस सेयर तथा कर प्रयोजनका लागि ३ करोड २५ लाख ९३ हजार ९८६ रुपैयाँ कर प्रयोजनका लागि नगद लाभांस वितरण गर्ने जनाएको छ । करसहति कम्पनीले ३०.०८ प्रतिशत लाभांस बाड्ने प्रस्ताव गरेको हो ।

केहीसमय अगाडी जारी गरेको एफपीओलाई समेत बोनस दिदा बोनस अनुपात २६.३१ प्रतिशत कायम हुने कम्पनीले प्रष्ट पारेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।