जलविद्युत लगानी तथा विकास कम्पनीमा को भयो नयाँ प्रमुख कार्यकारी ?

Feb 10, 2017 Merolagani

जलविद्युत लगानी तथा विकास कम्पनी (HIDCL) ले नयाँ प्रमुख कार्यकारी अधिकृत चयन गरेको छ । दिपक रौनियारको कार्यकाल पुरा भए पछि कम्पनीले छवीराज पोखरेललाई नयाँ प्रमुख कार्यकारी नियुक्त गरेको हो । कम्पनीले पोखरेललाई कम्पनी सचिवको समेत जिम्मेवारी दिएको छ ।

माघ २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पोखरेललाई प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । कम्पनीले प्रमुख कार्यकारीका लागि मागेको प्रस्तावमा दुई जनाको आवेदन परेकोमा योग्यताको मूल्यांकन, अन्तरवार्तामा पाएको अंक लगायत आधारमा पोखरेललाई प्रमुख कार्यकारीमा नियुक्त गरिएको जनाएको छ ।

पोखरेल प्युठान जिल्लाको ओखरकोट गाविस वडा नम्बर सातका बासिन्दा हुन् ।

comments powered by Disqus

सिटिजन लाइफको लाभांश घोषणा

May 06, 2024 09:47 AM

सिटिजन लाइफ इन्स्योरेन्स (CLI) ले शेयर प्रिमियम रकमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।