एक बर्ष अघिको प्रस्ताव बोकेर बल्ल धितोपत्रबोर्ड पुग्यो लक्ष्मी बैंक

Feb 10, 2017 merolagani

लक्ष्मी बैंक (LBL)  एक बराबर एक अर्थात शतप्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको छ । बैंकले एकबर्ष अगाडिदेखी शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको भएपनि बल्ल धितोपत्रबोर्ड पुगेको हो ।बैंकको गतबर्ष माघमा सम्पन्न पन्ध्रौ बार्षिक साधारणसभाले नै शतप्रतिशत हकप्रदको प्रस्ताव पारित गरेको थियो ।

राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पुँजी पुर्याउन लक्ष्मीले प्रोफेसनल दियालो विकास बैंकलाई गाभेपछि कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद जारी गर्ने भएको हो । प्रोफेसनल दियालोलाई गाभेको बैंकले माघ दुईगतेबाट एकिकृत कारोबार समेत थालिसकेको छ । 

बैंकले तीन अर्ब १५ करोड ९० लाख ३० हजार तीन सय रुपैयाँको तीन करोड १५ लाख ९० हजार ३ सय ३ कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो । हाल लक्ष्मी बैंकको चुक्ता पूँजी ३ अर्ब ३ करोड रुपैंयाँ रहेको छ । बैंकले २४ करोड चुक्ता पूँजी रहेको प्रोफेसनल दियालो विकास बैंकलाई एक्वायएर र त्यस पश्चात कायम पूँजीबाट शतप्रतिशत हकप्रद जारी गरेपछि बैंकको पूँजी ६ अर्ब ३० करोड रुपैयाँको हाराहारीमा पुग्नेछ ।

त्यस्तै, बैंकले गत वर्षको कमाईबाट लगानीकर्तालाई ३८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । हकप्रद भर्नेले पनि बोनस सेयर दिने भएकाले लगानीकर्ताले पाउने वास्तविक बोनस दर भने १८.२९५ मात्र हुन आउँछ ।

लक्ष्मीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ४० करोड ६३ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
हकप्रद शेयर बिक्री तथा निष्कासनको जिम्मेवारी सिद्धार्थ क्यापिटल लिमिटेडले पाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।