एसबिआई बैंकको एफपीओ नपरेको पैसा कुन कुन बैंकमा हुँदैछ रकमान्तर ?

Feb 10, 2017 Merolagani

सेयर आवेदन गरेर धेरै भन्दा धेरै आवेदकले सेयर पाउन नसकेको नेपाल एसबिआई बैंक (SBI) को एफपीओमा सेयर नपाउनेहरुको पैसा फिर्ता गर्ने काम सुरु भएको छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार धेरैभन्दा धेरै लगानीकर्ताको बैंक खातामा नै रकम उपलब्ध गराउने लक्ष्यका साथ डेढ दर्जन बढी बैंक तथा वित्तीय संस्थामा खाता भएका लगानीकर्ताको सेयर नपरेको पैसा सिधै खातामा जम्मा गर्न लागिएको हो । 

क्यापिटलका अनुसार लगानीकर्ताको सहजताका लागि क्यापिटलले १० वाणिज्य बैंक, पाँच विकास बैंक र पाँच फाइनान्स कम्पनीसँग रकमनान्तर गर्न सहकार्य गरी पैसा पठाउने काम सुरु गरेको हो । सही विबरण भरेका लगानीकर्ताको खातामा रकम पठाउने काम भैसकेको भन्दै क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले गलत विबरण दिएकाहरुको र उल्लेखित विबरणमा नभएका बैंकहरुको चेक बनाइने बताए ।
क्यापिटलले लगानीकर्ताको निम्न बैंकहरुमा भएको बैंक खातामा एफपीओ नपरेको पैसा रकमान्तर सुरु गरेको हो ।
१० वाणिज्य बैंकहरु :

एनएमबी बैंक
सेञ्चुरी बैंक
सिटिजन्स बैंक
जनता बैंक
कुमारी बैंक
लक्ष्मी बैंक
नेपाल एसबिआई बैंक
एनआईसी एशिया बैंक
नेपाल बंगलादेश बैंक
सिद्धार्थ बैंक

पाँच विकास बैंकहरु :

मुक्तिनाथ विकास बैंक
रिलायबल डेभलपमेण्ट बैंक
सांग्रिला डेभलपमेण्ट बैंक
सेवा विकास बैंक
यति डेभलपमेण्ट बैंक

पाँच फाइनान्स कम्पनीहरु :

सेन्ट्रल फाइनान्स
गुडविल फाइनान्स
गोर्खाज फाइनान्स
गुहेश्वरी मर्चेण्ट बैंकिंग एण्ड फाइनान्स
युनिक फाइनान्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।