बोनस र नगद लाभांस बितरण प्रकृयामा ग्लोबल आईएमई क्यापिटलले किन यस्तो गर्यो ?

Feb 10, 2017 Merolagani

तपाईले सेयरमा लगानी गर्नु भएको छ र बोनस अनि नगद लाभांस पाउनु भएको छैन भने एक पटक दुख गर्दा आगामी दिनमा बोनस अनि लाभांस डिम्याट खाता तथा बैंक खातामा निरन्तर जम्मा हुने भएको छ ।अधिकांस डिपी तथा सूचीकृत कम्पनीले यस्तो अभ्यास गर्दै गर्दा ग्लोबल आईएमई क्यापिटलले क्लियरिंग हाउसको आईपिएस सदस्य बैंकमा लाभांस सिधै रकमान्तर गर्ने कार्यलाई तिब्र बनाएको छ ।

झण्डै पाँच महिना अघि सिटिजन्स बैंकको सेयर लिलाम गर्दा सेयर नपाएकाहरुको पैसा सिधै बैंक खातामा रकमान्तर गरी क्लियरिंग हाउसको आईपिएस प्रणाली (इन्टर बैंक पेमेण्ट सिष्टम) मा आवद्ध सदस्य बैंकको खाता भएका लगानीकर्तालाई राहत दिने कामको सुरुवात गरेको थियो । अब क्यापिटलले आफुले बिक्री प्रबन्धकको जिम्मेवारी निभाएका सबै कम्पनीहरुको नगद लाभांस सोही प्रणालीबाट लगानीकर्ताको बैंक खातामा सिधै रकमान्तर गराउने भएको छ ।

यसका लागि सबै तयारी पुरा गरेको क्यापिटलले मेरो माइक्रोफाइनान्सको लाभांस संकलनका लागि लगानीकर्तालाई डिम्याट खातामा बैंक खाता अद्यावधिक गराउन सूचना प्रकाशित गरिसकेको छ । जलविद्युत लगानी तथा विकास कम्पनीको नगद लाभांस बितरणको पनि सम्पुर्ण तयारी पुरा गरेको क्यापिटलले क्लियरिंग हाउससँगको सहकार्यमा पहिलो पटक यस्तो काम गर्न लागेको हो ।

अहिले अधिकांस बैंक तथा वित्तीय संस्थाहरु नेपाल क्लियरिंग हाउसको सदस्य बनिसकेको सन्दर्भमा एकाध बाहेक हाउसको आईपिएस प्रणालीमा पनि आबद्ध छन् । क्यापिटलले आईपिएस प्रणालीमा आबद्ध बैंकमा खाता भएका लगानीकर्तालाई सिधै लाभांस रकमान्तर गर्न भन्दै त्यस्ता बैंक खाता डिम्याट खातामा अद्यावधिक गराउन आग्रह गरेको छ । क्लियरिंग हाउसमा मर्चेण्ट बैंकका तर्फबाट पहिलो पटक सदस्य बनेको क्यापिटलले क्लियरिंग हाउससँग मिलेर लगानीकर्तालाई सहज रुपमा लाभांस उपलब्ध गराउन लागेको हो ।

जलविद्युत लगानी तथा विकास कम्पनीका साथै मेरो माइक्रोफाइनान्सको सेयर डिम्याट खातामा भएका लगानीकर्ताले केन्द्रिय निक्षेप प्रणाली सिडिएससीले गरेको नयाँ व्यवस्था अनुसार आफ्नो डिम्याट खातामा बैंक खाता अद्यावधिक मात्र गरिदिए पुग्छ । सोही तथ्यांकका आधारमा क्यापिटलले सिधै लगानीकर्ताको बैंक खातामा लभांस रकम रकमान्तर गरिदिने छ ।

यसरी बैंक खाता अद्यावधिक गर्दा ध्यान दिएर सहि विबरण उपलब्ध गराउन पनि क्यापिटलले लगानीकर्तालाईआग्रह गरेको छ । क्यापिटलले यो सेवा निशुल्क सुरु गरेको जनाउँदै सम्बन्धित बैंकहरुले रकमान्तर वापत महशुल लिएको खण्डमा त्यसमा आप्नो संलग्नता नरहने प्रष्ट पारेको छ । उसले गलत विबरण उपलब्ध गराई लगानीकर्ताको खातामा लाभांस रकम रकमान्तर हुन नसके त्यलाई सच्याएर फेरी रकमान्तर गर्दा भने पाँच रुपैंया महशुल लाग्ने जनाएको छ ।

क्यापिटलले आफुकहाँ मात्र नभई कुनै पनि डिपीकोमा खोलिएको डिम्याट खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गर्दै बोनस तथा लाभांस संकलनको अहिलेको झमेलाबाट मुक्त हुन आग्रह गरेको छ । यस अघि प्रत्येक पटक बैंक खाताको विबरण माग गरी लाभांस पठाउनु पर्ने अवस्थाको अन्त्य गरी लगानीकर्तालाई समयको बचत गर्न आग्रह गर्दै क्यापिटलले डिपी तथा आरटिएसहरुले दिंदै आएको सेवालाई सहजीकरण गर्न आग्रहगरेको हो । 

कागजी प्रमाणपत्र भएकालाई पनि डिम्याट खातामा सेयर अनि बैंक खातामा लाभांस पठाउने तयारी क्यापिटलले पुरा गरेको छ । यसका लागि कागजी प्रमाण पत्र भएकाहरुले कुनै पनि निक्षेप सदस्यकोमा गएर डिम्याट खाता खोलि आफुसँग भएको कागजी सेयर प्रमाणपत्र डिम्याट गराउनु पर्ने हुन्छ । अहिले डिम्याट खाता खोल्दा बैंक खाता अनिवार्य भैसकेको हुनाले बोनस सेयर नियमित रुपमा डिम्याट खातामा नै जम्मा हुनुका साथै डिम्याटमा उल्लेख भएको बैंक खातामा आईपिएस प्रणालीबाट लाभांस सिधै रकमान्तर हुनेछ । जसले गर्दा लगानीकर्ताले कम्पनीहरुबाट पाउने बोनस तथा लाभांस खोज्दै हिड्ने बहानामा समयको खर्च गर्नुपर्दैन ।

हेर्नुहोस् क्लियरिंग हाउसको आईपिएस प्रणालीमा कुन कुन बैंक तथा वित्तीय संस्था आबद्ध छन् ? उल्लेखित सबै बैंकको खातामा ग्लोबल आईएमई क्यापिटलले सिधै लाभांस रकम पठाउन लागेको हो ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।