दिब्यश्वरी हाइड्रोको सेयर कारोबार खुल्यो, कति तोकियो कारोबार खुल्ने मूल्य ?

Feb 13, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सोमबारबाट दिव्यश्वरी हाइड्रोको पनि सेयर कारोबार खुलेको छ । नेप्सेमा दिव्यश्वरीको डिएचपीएल(DHPL)  कोडबाट सेयर कारोबार हुने नेप्सेले जनाएको छ । हाइड्रोले दोस्रो बजारमा कारोबार गराउनका लागि गत साता नेप्सेमा २६ लाख ४० हजार कित्ता सेयर सूचिकृत गराएको थियो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार दिब्यश्वरी हाइड्रोको कारोबार खुल्ने सेयरमूल्य प्रतिकित्ता ११६ रुपैयाँदेखि ३४८ रुपैयाँ तोकिएको छ । दिब्यश्वरी हाइड्रोको समेत कारोबार खुलेपछि नेप्सेमा कारोबार हुने जलविद्युत कम्पनीको संख्या एघार पुगेको छ ।

कम्पनीले आयोजना प्रभावित तथा सर्वसाधारणका लागि निष्काशन गरेको सेयरसँगै संस्थापक सेयर गरेर २६ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत गराएको छ । उसले आयोजना प्रभावितका लागि दुई लाख ६४ हजार कित्ता तथा सर्वसाधारणलाई लागी तीन लाख ९६ हजार कित्ता सेयर वितरण गरेको थियो ।

सर्वसाधरणलाई सेयर जारी गरेपश्चात कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले संखुवासभाको धुपु गाविसमा चार मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । हाइड्रोले आगामी साउनदेखि व्यवसायिक रुपमा विद्युत उत्पादन गरि बिक्रि बितरण गर्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।