कुन कुन कम्पनीले नेप्सेमा सुचिकरण गराए ८० लाख कित्ता शेयर ?

Feb 17, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्जमा यस साता पाँच कम्पनीको बोनस र हकप्रद गरि ७९ लाख ९७ हजार तीन सय ७९ दशमलव ५६ कित्ता शेयर सुचिकृत भएको छ । शिखर इन्स्योरेन्स, एस डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, सिद्धार्थ इन्स्योरेन्स, र स्वरोजगार लघुवित्तले उक्त परिमाणमा बोनस तथा हकप्रद शेयर सुचिकरण गराएका हुन् ।

जसमा सबैभन्दा बढि शेयर शिखर इन्स्योरेन्सको ३० लाख ७७ हजार सात सय १० कित्ता बोनस सुचिकृत भएको छ । एस डेभलपमेन्ट बैंकको २० लाख ३१ हजार सात सय ४१ कित्ता बोनस सेयर सुचिकरण हुँदा मितेरी डेभलपमेण्ट बैंकले १० लाख ५६ हजार तीन सय ६९ दशमलव ६० कित्ता हकप्रद तथा छ लाख ३३ हजार आठ सय २१ दशमलव ७६ कित्ता बोनस सेयर पनि सुचिकृत गराएको छ ।

यसै साता सिद्धार्थ इन्स्योरेन्सले १० लाख ३४ हजार पाँच सय ५० कित्ता बोनस शेयर सुचिकृत गराएको छ भने स्वरोजगार लघुवित्तको एक लाख ६३ हजार एक सय ८७ दशमलव २० कित्ता बोनस सेयर कराोबारका लागि नेप्सेमा सुचिकरण भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।