ईन्भेष्टमेन्ट बैंकको सेयर डिम्याट गराउनुभयो ? नत्र कागजी प्रमाणपत्र बोकेर भाग दौड गर्नु पर्ला !

Feb 17, 2017 merolagani

तपाईसँग पनि ईन्भेष्मेन्ट बैंक (NIB)को शेयर छ र डिम्याट गर्नुभएको छैन भने डिम्याट गराई हाल्नुहोस् । नत्र फेरि कागजी प्रमाणपत्र संकलन गर्न र पुन अभौतिकिकरण गर्नुपर्ने झण्झट तपाईलाई आउनेछ । बैंकले फागुन ३० गतेसम्म अभौतिकिकरण गर्ने लगानीकर्तालाई डिम्याट खातामा नै बोनस पठाउने र सो मितिसम्म पनि डिम्याट नगराउने लगानीकर्ताहरुको लागि बैंकले अभौतिक रुपमा नै प्रमाणपत्र बाँड्ने भएको हो ।

बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई बितरण गरेको २० प्रतिशत बोनस फागुन मसान्तसम्म अभौतिकिकरण गरेका शेयरधनीलाई मात्र डिम्याट खातामा सेयर प्रदान गर्ने भएको हो । डिम्याट नगराएका अन्य लगानीकर्ताले भने भौतिक रुपमा नै शेयर प्रमाणपत्र पाउने भएका छन् । यस अघि पनि पटक पटक सूचना
प्रकाशित गर्दै कागजी प्रमाणपत्र धारण गरेका लगानीकर्तालाई डिम्याट गराउन आग्रह गरेको बैंकले अब पनि डिम्याट नगराए कागजी प्रमाणपत्र नै उपलब्ध गराउने जनाएको हो ।

गत भदौ २० गतेसम्म सेयर किनेका तथा कागजी सेयर धारण गरेका लगानीकर्तालाई बैंकले २० प्रतिशत बोनस तथा २१ प्रतिशत नगद लाभांस बितरण गरेको थियो । डिम्याटमा नै सेयर भएकाहरुलाई भने बैंकले गत पुस मसान्तमा नै बोनस सेयर डिम्याट खातामा पठाइसकेको छ । धेरै जसोले डिम्याट खातामा आएको बोनस सेयर किनबेच गरिसकेको सन्दर्भमा बैंकले कागजी प्रमाणपत्र हुने लाई पनि उक्त सुविधा लिन बारम्बार सूचना निकालेको हो ।

बैंकले कागजी प्रमाणपत्र भएकाहरुलाई आफुसँग भएको सेयर फागुनभित्र डिम्याट गराई सोको विबरण उपलब्ध गराउन आग्रह गरेको छ । बैंकले यस वर्षदेखि कागजी प्रमाणपत्र संकलन गर्न समस्या नहोस भनेर आफ्नो सेयर अभौतिकिकरण गराएर डिम्याटमा नै शेयर प्राप्त गर्न सबै लगानीकर्तालाई बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलमा सम्पर्क राख्न आग्रह गरेको हो ।

ईन्भेष्टमेण्ट बैंकको कागजी सेयर प्रमाणपत्र भएकाहरुले कुनै पनि डिपीमा गई डिम्याट खाता खोलेर सोही स्थानबाट आफुसँग भएको सेयर अभौतिक गराई एनआईबिएल क्यापिटलमा सम्पर्क गर्दा सजिलो हुन्छ । एनआईबिएल क्यापिलमा पनि डिम्याट खाता खोल्न सकिन्छ । कुनै पनि कम्पनीको सेयर रजिष्ट्रारकोमा नै डिम्याट खाता खोल्दा हुने फाइदा एउटा कामको लागि विभिन्न डिपीकोमा धाइरहनु पर्दैन, सबै काम सोही स्थानबाट हुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।