आशैआशमा सेयरबजारका लगानीकर्ताले बढाए लगानी

Feb 19, 2017 merolagani

साताको पहिलो दिनको सेयर कारोबारमा लगानीकर्ताहरुले खरिदको क्रम बढाउदा नेप्से तथा कारोबार रकम दुवैमा उत्साहजनक वृद्धि भएको छ । गत विहीबारको तुलनामा सूचक २५ अंकले बढ्नु र कारोबार रकम ६६ करोड नाघ्नुले लगानीकर्ता बजारप्रति थप आशावादी बनेको देखाउँछ ।

आइतबार नेप्से २५.५० अंकले उकालो लागेर १३६९.३५ विन्दुमा पुगेको छ । यसदिन १४४ कम्पनीको ६६ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । कारोबार रकम समेत अघिल्लो कारोबारको तुलनामा एक करोडले बढी हो ।

२५ अंकले बजार बढ्दा आइतबार मात्रै लगानीकर्ताको सम्पत्ती २८ अर्ब रुपैयाँले बढेको छ । गत विहीबार १५ खर्ब १४ अर्ब रहेको बजार पूँजीकरण १५ खर्ब ४२ अर्ब  पुगेको छ । 

बजारमा तरलताको अवस्था केही सहज बन्दै गएपछि यसको प्रवाह बजारमा देखिएको हो ।साथै स्थानीय तहको निर्वाचनको माहोल बन्दै गएको र यसै साता निर्वाचनको मिति घोषणा गरिने खबरले पनि बजारमा थप उत्साह बढेको देखिन्छ ।

साथै राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्दा वित्त बजारमा अहिले देखिएको समस्या सम्बोधन गर्ने आशा पनि लगानीकर्तामा रहेको पाईन्छ ।

यसदिन सबैभन्दा वढी बिमा समूह करिब २९६ अंकले उक्लिएको छ। बैंकिङ १४.१९ अंक, विकास बैंक २९.६९ अंक, जलविद्युत ५ अंक, फाइनान्स करिव २१ अंक र अन्य २४ अंक बढीले उकालो लागेका छन् । होटल समूह १९ तथा उत्पादन समूह ३.४९ अंकले नकारात्मक रहे ।

आइतबारको बजारमा राष्ट्रिय विमा कम्पनीको सेयरमूल्य दश प्रतिशतले बढेको छ । एनबी इन्स्योरेनस, ओमी माइक्रो,नेपाल लाइफ, नेशनल माइक्रो, कालिका माइक्रो, गुँरास लाइफ, सगरमाथा इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स लगायतका कम्पनीको सेयरमूल्य झण्डै दश प्रतिशतका दरले बढेको छ ।

यसदिन पनि दिब्यश्वरी हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य नौ प्रतिशत भन्दा धेरैले झरेको छ । सेयर बजारमा कारोबार खुलेदेखि यो कम्पनीको सेयरभाउ निरन्तर ओरालो लागेको छ ।गुडविल फाइनान्स, मिर्मिरे माइक्रो, जेबिल्स फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल माइक्रो कर्णाली डेभलपमेन्ट लगायतका कम्पनीका लगानीकर्ता धेरै गुमाउनेमा परे ।

यसदिन बैंक अफ काठमाण्डूको सबैभन्दा बढी तीन करोड १५ लाख बढीको सेयर किनबेच भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्सले पनि तीन करोड बढीको कारोबार गर्दा प्रभु बैंकको साढे दुइ करोड बढीको सेयर किनबेच भएको छ । शिखर इन्स्योरेन्सको पनि दुई करोड बढीको कारोबार भयो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।