कल डिपोजिटको ब्याजदर नियन्त्रण गर्ने राष्ट्र बैंकको रणनीति

Feb 21, 2017 merolagani

नेपाल राष्ट्र बैंकले कल डिपोजिटको ब्याजदर नियन्त्रण गर्ने भएको छ । मौद्रिक नीतिको मध्यावधी समीक्षा मार्फत राष्ट्र बैंकले बचतको ब्याजदर कल डिपोजिटको भन्दा कम नर्गन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिदै बचतको ब्याजदर बढाउन समेत दबाब दिएको छ ।

बैंक तथा वित्तीय संस्थाले बचतको ब्याजदर बृद्धि नगर्ने तथा नयाँ मुद्दतीको मात्र ब्याजदर बढाएपछि राष्ट्र बैंकले बचतको ब्याजदर बढाउन नीतिगत व्यवस्थामा परिवर्तन गरेको हो ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले कल डिपोजिटलाई यथार्थ र पारदर्शी बनाउनको लागि कलको भन्दा बचतमा बढी ब्याजदर दिनुपर्ने व्यवस्था गरेको बताए ।

बैंकहरुले मुद्दती खातामा १२ प्रतिशत तथा कल डिपोजिटमा आठ देखि दश प्रतिशतसम्म ब्याज दिर्दै आएका छन भने बचतमा मुस्किलले पाँच छ प्रतिशतसम्म ब्याज दिने गरेका छन् । विशेषगरी बैंक तथा वित्तीय संस्थाहरुले बचत, मुद्दती तथा कल डिपोजिटमा पैसा राख्ने गर्छन्। ।

तरलता अभाव भएपछि कतिपय बैंकले नक्कली कल डिपोजिट पनि खडा गरेका थिए । बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत तथा संस्थागत दुबै किसिमको माग तथा अल्प सूचनामा आधारित निक्षेप कल डिपोजिट संकलन गरेका थिए ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।