१३० संस्था मर्ज हुँदा कति संस्थाको अस्तित्व हरायो ?

Feb 21, 2017 Merolagani

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अख्तियार गरे पछि धेरै बैंक तथा वित्तीय संस्था मर्जरमा गएका छन् । राष्ट्र बैंकका अनुसार वित्तीय क्षेत्रको सुदृढीकरण गर्ने उपायको रुपमा सुरु गरिएको यो अभियान सुरु भए यता १३० बैंक तथा वित्तीय संस्थाहरु मर्जमा गएका छन् । पछिल्लो समय पूँजी वृद्धिको चटारोमा पनि मर्जर तिब्र बने पछि यो संख्या बढेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्न, गाभिन तथा प्राप्ति गर्न प्रोत्साहित गर्ने नीतिलाई मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा पनि निरन्तरता दिएको राष्ट्र बैंकले ८८ वटा संस्थाको अस्तित्व विलय भएको बताएको हो ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी विनियमावली जारी भएपश्चात् चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १३० वटा बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभिएर ८८ वटा संस्थाहरु खारेज भई ४२ वटा संस्था कायम रहेका छन् ।

त्यसैगरी, नेपाल सरकार, मन्त्रिपरिषद्बाट हालै सरकारी स्वामित्वमा रहेका दुईवटा संस्थाहरु राष्ट्रिय वाणिज्य बैंक र एनआइडिसि विकास बैंक लिमिटेड एक आपसमा गाभ्ने निर्णय पनि भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।