मन्जुश्री फाइनान्सको १७५ प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन

Feb 22, 2017 merolagani

मन्जुश्री फाइनान्स (MFIL) को हकप्रद शेयरका लागि आवेदन दिने आज अन्तिम दिन हो । फाइनान्सले पूँजी वृद्धि योजना अन्तर्गत एक सय ७५ प्रतिशत हकप्रद जारी गरेको थियो । कम्पनीको हकप्रदमा पुस ९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।



फाइनान्सले २५ करोड ६ लाख ५० हजार रुपैयाँ बराबरको ४३ लाख ८६ हजार तीन सय ७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । जसमा पुस ९ गतेसम्म दोस्रो बजारबाट शेयर किनेका र साबिक शेयरधनीले हकप्रद भर्न पाउने छन्। कम्पनीले १०० कित्ता हुनेलाई १७५ कित्ता हकप्रद दिन लागेको हो।

फाईनाइन्सको सेयर निष्काशन तथा विक्रि प्रबन्धक एस क्यापिटल रहेको छ । लगानीकर्ताले क्यापिटलको कार्यालयका साथै एस डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखाहरू, मन्जुश्री फाइनान्सको सबै शाखा कार्यालय, त्रिवेणी विकास बैंकको पाल्पा, बेशीसहर, पनौती, इटहरी र भकुण्डेबेसी शाखाबाट आवेदन गर्न सक्ने छन् ।

त्यस्तै गरिमा विकास बैंकको पोखरा, बाग्लुङ, बेनी र मुग्लिङ शाखा तथा महाकाली विकास बैंकको महेन्द्रनगर शाखा मार्फत समेत हकप्रदमा आवेदन गर्न सकिने एस क्यापिटलले जनाएको छ ।

हाल २५ करोड छ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी रहेको मन्जुश्रीको हकप्रद निष्कासनपश्चात चुक्ता पूँजी ६८ करोड ९२ लाख ८७ हजार पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।