भार्गवको एक सय प्रतिशत हकप्रद तथा माउन्ट मकालुको बोनस सुरक्षित गर्ने बुधबार अन्तिम दिन

Feb 22, 2017 merolgani

भार्गव विकास बैंक (BHBL) को शतप्रतिशत हकप्रद र माउन्ट मकालु डेभलपमेन्ट बैंक(MMDBL) को बोनस सुरक्षित गर्ने बुधबार अन्तिम दिन हो । माउन्ट मकालुको ६.४० प्रतिशत बोनस तथा भार्गवको एक बराबर एक कित्ता हकप्रद बुधबार सम्म सेयर किनेका सेयरधनीले मात्र प्राप्त गर्न सक्नेछन् ।

भार्गवले १२ लाख कित्ता सेयर फागुन २४ गतेदेखि चैत २८ गतेसम्म निष्काशन गर्देछ । हाल १४ करोड ४० लाख चुक्ता पूँजी रहेको बैंकको हकप्रदपश्चात २८ करोड ८० लाख रुपैँया चुक्ता पूँजी पुग्नेछ । बैंकले दोस्रो त्रैमासमा एक करोड ८० लाख खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २५.०१ रुपैँया कायम गरेको छ । गत बर्षको कमाईबाट २० प्रतिशत बोनस दिएको बैंकको सेयर मंगलबार ३६९ रुपैँयामा नेप्सेमा कारोबार भएको छ ।

माउन्ट मकालुले छैटौं बार्षिक साधारणसभा फागुन २५ गते गर्देछ । बैंकले गत आर्थिक बर्षको कमाईबाट बैंकले बराबरको ४१ लाख ६० हजार रुपैँयाको बोनस तथा १.०९ प्रतिशत बराबरको दुई लाख १८ हजार नौं सय ४७ रुपैँयाको नगद लाभांश कर प्रयोजनका लागि प्रस्ताव गरेको छ ।

केहि समय अगाडि एक सय पचास प्रतिशत हकप्रद बेचेको फेरी बैंकले बोनसले समेत पाउने गरि पचास प्रतिशत हकप्रद पनि निष्काशन गर्नेछ । अहिलेकोे बुक क्लोज बोनससका लागि मात्र हो भने हकप्रदको लागि भने फेरि बैंकले बुक क्लोज गर्नेछ । बैंकले  प्रथम त्रैमासमा पाँच लाख ४० हजार रुपैँया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी आठ रुपैँया ३१ पैसा पुर्याएको छ । बैंकको सेयर मंगलबार ६९१ रुपैँयामा नेप्सेमा काररोबार भएको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।