७० प्रतिशत हकप्रद प्रस्ताव सहित सुर्योदय लघुवित्तले बोलायो साधारणसभा

Feb 22, 2017 merolagani

सुर्योदय लघुवित्त (SLBS) ले चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद प्रस्ताव सहित अन्य प्रस्ताव पारित गर्न चौथो बार्षिक बार्षिक साधारणसभा बोलाएको छ । संस्थाको ८५ औं सञ्चालक समितिको बैठकले चैत १२ गते साधारणसभा बोलाएको हो ।

स्याङ्जा जिल्लामा प्रधान कार्यालय रहेको लघुवित्तले हाल कायम चुक्ता पूँजी चार करोडको ७० प्रतिशतले हुन आउने दुई करोड ८० लाख रुपैँयाबराबरको दुई लाख ८० हजार कित्ता हकप्रद जारी गर्न लागेको हो । हकप्रदपछि कम्पनीको पूँजी छ करोड ८० लाख रुपैँया पुग्नेछ ।

यसका साथै संस्थाले पाँच जिल्ला कार्यक्षेत्र थप गरि पन्ध्र पुर्याउने, दुईजना सर्वसाधारण सेयरधनी निर्वाचन गर्ने लागायत अन्य प्रस्ताव गरेको छ । साधारणसभा प्रयोजनका लागि संस्थाले फागुन २८ गतेदेखि चैत १२ गतेसम्म सेयरधनी किताब बन्द गर्ने भएको छ । फागुन २६ गतेसम्म सेयरधनी बनेका लगानीकर्ताले साधारणसभामा भाग लिन पाउनेछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।