अब नेपालमा पनि मोबाइल फोनमा आधारित वित्तीय सेवा

Feb 22, 2017 Merolagani

‘सक्षम कार्यक्रम’ र ‘आईएमई डिजिटल सोलुसन’ को साझेदारीमा सेवा सुरु
आईएमई डिजिटल सोलुसन र संयुक्त अधिराज्यको सहयोगमा सञ्चालित सक्षम कार्यक्रमले संयुक्त साझेदारीमा मोवाइल वित्तीय सेवा सञ्चालन गर्ने भएका छन् । दुई संस्थाका बिचमा बुधबार यस सम्बन्धमा साझेदारी गर्ने सहमति भएको हो । साझेदारीले नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको मोबाइल फोनमा आधारित वित्तीय सेवाहरू सुरु गर्न बाटो खुल्ला गरेको छ ।

साझेदारी गर्ने सम्बन्धमा बुधबार हस्ताक्षर भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपाल, नेपाल दूरसंचार प्राधिकरणका निर्देशक आनन्द राज खनाल, डिएफआईडी नेपालका आर्थिक विकास समूह प्रमुख गारेथ विअर, नेपाल बैंकर्स एशोसियनका अध्यक्ष अनिल केशरी शाह र सक्षमका समूह प्रमुख बलजित बोहोरा लगायतको उपस्थितीमा उक्त साझेदारी सुरु भएको घोषणा गरिएको हो ।

यस साझेदारीले नेपालभरि आईएमईको विप्रेषण सेवा लिइरहेका छ लाख भन्दा बढी घरपरिवारका उपभोक्ताहरू तथा रेमिटेन्स सञ्जाल बाहिरका उपभोक्ताका साथै गैर रेमिटेन्स क्षेत्रलाई समेत मोबाइलमा आधारित वालेटको सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । यस अभियानमार्पmत् आईएमईले वित्तीय सेवाबाट वञ्चित नगरोन्मुख÷ग्रामीण क्षेत्र, न्यून बैंकिङ सेवा पाएका र बैंकिङ सेवाबाट वञ्चित समुदायसम्म पुग्नका लागि मोबाइल नेटवर्क सञ्चालकहरू, आफ्नै रेमिटेन्स एजेन्टहरू, वाणिज्य बैंकहरू, शाखारहित बैंकिङ सेवाका एजेन्ट र मर्चेन्टहरूसित साझेदारी गर्ने विज्ञप्तीमा उल्लेख छ ।

उक्त कार्यव्रmमलाई सम्बोधन गर्दै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले नविनतम विधुतीय भुक्तानी प्रणालीको सुरुवातले वार्षिक झण्डै ५० अर्बसम्म सरकारी राजश्व बढाउने उल्लेख गर्दै आर्थिक पारदर्शिता वृद्वि गर्न सहयोगी बन्ने दावी गरे । ग्रामिण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न यस्तो भुक्तानी प्रणाली निक्कै प्रभावकारी हुने भन्दै गभर्नर नेपालले राष्ट्र बैंकले यस्तो कार्यमा पूर्ण सहयोग गर्ने वचनवद्वता व्यक्त गर्दै नेपाल दूरसंचार प्राधिकरणले पनि त्यस्तै सहयोगी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

आईएमईको रेमिटेन्स सेवाको सफलतासँग तुलना गर्दै आईएमई समूहका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकालले देश, विदेशमा बस्ने नेपालीहरूका बीचमा रेमिट्यान्स सेवालाई आईएमईले आफ्ना एजेन्ट र साझेदारहरूमार्पmत नयाँ डिजिटल वित्तीय सेवाबाट वित्तीय क्षेत्र बाहिर रहेका जनतालाई समेत समेट्दै सेवा दिने बताए ।

नेपालका ग्रामीण क्षेत्रमा बैंक तथा वित्तीय संस्था नपगे पनि मोवाइलको प्रयोग भइरहेको सन्दर्भमा यो प्रणाली प्रभावकारी हुने आईएमईले विश्वास लिएको छ । यो प्रणालीमा एकै पटक रकम ट्रान्सफर, बिल भुक्तानी, खाता खोल्ने, रकम जम्मा गर्ने तथा अन्य बैङ्किङ र बीमा सम्बन्धी सेवाहरू उपलब्ध हुने बताइएको छ ।

आईएमई डिजिटल सोलुसन लिमिटेड आईएमई ग्रुपको सहायक कम्पनी हो । यस कम्पनीले मोबाइलमा आधारित वित्तीय सेवा अर्थात् मोबाइल वालेट सेवा आरम्भ गरी पर्याप्त बैङ्किङ सेवा पाउन नसकेका नेपालका जनतासम्म वित्तीय पहुँच पु¥याउनुका साथै नेपालको वित्तीय समावेशीकरणका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने लक्ष्य समेत लिएको छ ।

‘सक्षम’ वित्तीय क्षेत्रमा पहुँच सम्बन्धी संयुक्त अधिराज्यको सहयोगमा सञ्चालित कार्यव्रmम हो । डिएफआईडी नेपालका लागि लुईस बर्जरद्वारा स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसितको सहकार्यमा यसको कार्यान्वयन भइरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।