सेन्ट्रल र भक्तपूर फाइनान्सले मर्जरका लागि पाए अन्तिम स्वीकृति

Feb 23, 2017 merolagani

नेपाल राष्ट्र बैंकले सेन्ट्रल फाइनान्स लिमिटेड (CFCL) र भक्तपुर फाइनान्स लिमिटेड (BFCL) लाई मर्जरका लागि अन्तिम स्वीकृति दिएको छ । दुई संस्था मर्जपछि बन्ने नयाँ संस्थाको सेन्ट्रल फाइनान्सको नामबाट संचालनमा आउनेछ ।



हाल सेन्ट्रल फाइनान्सको चुक्ता पूँजी ३० करोड २२ लाख ७८ हजार रुपैयाँ र भक्तपुर फाइनान्सको चुक्तापुँजी चुक्ता पूँजी २१ करोड ८३ लाख ८५ हजार रुपैयाँ रहेको छ । दुई संस्था गाभिएपछि बन्ने संस्थाको चुक्ता पूँजी ५२ करोड ६ लाख ६३ हजार रुपैयाँ हुनेछ ।

संस्थाको निक्षेप २ अर्ब ३६ करोड ७१ लाख र कर्जा लगानी २ अर्ब २३ करोड ९६ लाख हुनेछ । मर्जरपछि हकप्रद र बोनस सेयर जारी गरेर राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी ८० करोड पुर्याउने जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।