कुमारी बैंकले फेरी प्रस्ताव गर्यो २० प्रतिशत हकप्रद, कहिले बोलायो साधारण सभा ?

Feb 23, 2017 Merolagani

कुमारी बैंक (KBL) ले राष्ट्र बैंकले ताकेको पूँजी पुर्याउनका लागि अहिलेका सबै प्रकृया पुरा गरेर फेरी २० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गर्दै २१ प्रतिशत बोनस, ५० प्रतिशत हकप्रद तथा चार वित्तीय संस्थासँगको एक्विजशन पुरा गरी कायम हुने पूँजीको २० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।

केही दिन अघि मात्र नेपाल धितोपत्र बोर्डले ५० प्रतिशत हकप्रद निष्काशनको स्वीकृति दिएको बैंकले हकप्रद निष्काशन तथा साधारण सभाका लागि एकै पटक बुक क्लोज गर्ने निर्णय गरेको छ । बैंकले फागुन २० गतेदेखि बुक क्लोज गरी चैत नौ गते साधारण सभा बोलाउने निर्णय गरेको बैंकका एक अधिकारीले मेरोलगानीलाई जानकारी दिए ।

बैंकको ५० प्रतिशत हकप्रद तथा २१ प्रतिशत बोनस सुरक्षित गर्नका लागि लगानीकर्ताले फागुन १९ गतेसम्ममा सेयर खरिद गरिसक्नु पर्ने हुन्छ ।

हाल बैंकको २ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । पचास प्रतिशत हकप्रद वितरण गरेपछि बैंकको पूँजी चार अर्ब चार करोड रुपैयाँ पुग्नेछ ।

बैंकले गत आर्थिक वर्षको कमाईबाट २१ प्रतिशत बोनस सेयर बितरणको प्रस्ताव पनि गरिसकेको छ । बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी तीन अर्ब २६ करोड ५९ लाख रुपैंया पुग्ने छ । फेरी २० प्रतिशत हकप्रद निष्काशन पछि बैंकको चुक्ता पूँजी चार अर्ब ६१ करोड ५४ लाख ९४ हजार रुपैंया पुग्नेछ ।

साथै एनसीसी बैंकसँग मर्ज भाँडेर आफै आठ अर्ब चुक्ता पूँजी पुर्याउन कस्सिएको कुमारीले काष्ठमण्डप, महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्ने सम्झौता गरिसकेको छ । यी ४ वटा संस्थालाई एक्वायर गरेपछि कुमारी बैंकको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ नाघ्नेछ ।

उक्त चुक्ता पूँजीको २० प्रतिशत हकप्रद निष्काशन गरे पछि बैंकको चुक्ता पूँजी आठ अर्बको नजिक हुनेछ । चालु आर्थिक वर्षको कमाईबाट बोनस बितरण गरेर बैंकले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।