क्लियरिङ बैंक थप्ने प्रक्रिया अघि बढ्यो, यसरी हुदैछ धितोपत्र कारोबार अझै सहज

Feb 24, 2017 merolagani

सिडिएस एन्ड क्लियरिङ लि. ले क्लियरिङ बैंक थप्ने प्रक्रिया सुरु गरेको छ । नेपाल स्टक एक्सचेन्ज लि.को निर्देशन अनुसार सिडिएससीले प्रतिस्पर्धात्मक प्रक्रियाबाट तीन क्लियरिङ बैंक थप गर्न लागेको हो । अहिले एउटा मात्र बैंकबाट सेयर कारोबारको राफसाफ गराउनु पर्ने बाध्यताका कारण देखिएका कतिपय समस्या अब क्लियरिङ बैंकको संख्या चार पुगे पछि सजिलो हुने भएको हो ।

नेपाल धितोपत्र बोर्डबाट धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट (तेस्रो संशोधन) विनियमावली, २०७३ प्राप्त भए पश्चात संशोधित प्रावधानहरुलाई समेत समेटेर क्लियरिङ बैंक थप गर्न लागिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले मेरो लगानीलाई जानकारी दिए ।

तीन क्लियरिङ बैंक थपिएपछि धितोपत्र कारोबार, राफसाफ तथा फछ्र्यौट गर्ने बैंकको संखया चार पुग्नेछ । अहिले ग्लोबल आइएमई बैंकले मात्र क्लियरिङ बैंकको काम गर्दे आएको छ । क्लियरिङ बैंकको संख्या बढे पछि राफसाफ प्रणाली झनै परदर्शी हुनुका साथै लगानीकर्ताले झेल्दै आएका समस्याहरु पनि हट्ने विश्वास लिइएको छ ।

प्रतिस्पर्धात्मक रुपमा क्लियरिङ बैंक थप गर्न माग गरिएको आशय पत्रमा ईच्छुक कम्पनीहरु ‘क’ वर्गको वाणिज्य बैंक हुनुपर्ने, चुक्ता पुँजी बढी भएकालाई प्राथमिकता दिइने नेप्सेले जनाएको छ । साथै क्लियरिङ बैंक छनौट गर्दा भौतिक तथा प्राविधिक पक्ष सुदृढ भएको हुनुपर्ने, आस्बा प्रणालीको सदस्य भएको, डिपी लाईसेन्स प्राप्त गरेको, विस्तारित शाखा सञ्जाल भएको, सरकारी कारोबार गर्ने गरेको लगायतका मापदण्डहरु लाई आधार बनाइएको हुनुपर्ने पराजुलीले बताए ।

क्लियरिङ बैंक थपिएपछि धितोपत्र लगानीकर्ता लगायत सरोकारवालाले धितोपत्र कारोबार, राफसाफ तथा फछ्र्यौटमा थप सहजता प्राप्त गर्ने विश्वास लिइएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।