कृषि बिकास बैंकको सेयर लिलामः प्रारम्भिक बिबरण हेर्दा यस्तो देखिन्छ

Feb 26, 2017 Merolagani

तीर्थराज पौडेल 

कृषि बिकास बैंक(ADBL)ले हकप्रदमा नबिकेको १९ लाख ६८ हजार पाँच सय ७५ कित्ताका लागि पेश भएका नौ हजार दई सय २१ बोलपत्रहरु खोल्ने क्रम आईतबार साँझ सुरु भएको छ ।

आईतबार बेलुका सात बजेसम्म झण्डै दुई  हजार बोलपत्रहरु खोलिएकामा अधिकांश एक हजार कित्ता सानाका छन् ।

 १२ वटा बोलपत्रहरु १० हजार कित्ता हाराहारीका भएपनि अघिकांश एक हजार मुनीका रहेको पाईएको छ । बोलपत्रदाताहरुले प्रति कित्ता एकसय रुपैयाँदेखि पाँचसय ९१ रुपैयाँसम्म कबुली बोलपत्रहरु पेश गरेका पाईएको छ ।

१० हजार कित्ता वा सो हाराहारीका बोलपत्रहरु फागुन ११ र १२ गते परेकाले त्यो खोलेर हेर्न बाँकी छ । एस क्यापिटलका कर्मचारीहरु राति अबेरसम्म पनि बोलपत्रहरु खोल्न र त्यसको बिबरण कम्प्युटरमा चढाउन ब्यस्त छन् । कतिपय बोलपत्रमा अमिल्दो अंक जस्तै १०५ कित्ता आबेदन गरिएको, फोटो र १० लाख रुपैयाँ भन्दा बढी रकमको हकमा करदाता नम्बर नभएको, नागरिकता प्रतिलिपिमा बोलपत्रदाताको हस्ताक्षर नभएको पनि पाईएको छ ।

प्रारम्भिक बिबरणहरु हेर्दा प्रति कित्ता ३५० रुपैयाँ भन्दा कमको मूल्य कबुल गरी बोलपत्र पेश गर्नेले सेयर पाउने संभावना कम रहेको देखिन्छ । त्यसमा पनि फागुन ११ र १२ गते बोलपत्र पेश गरी धेरै कित्ता सेयर लिन खोज्नेहरुले कबुल गरेको मूल्य धेरै भएमा ३५० रुपैयाँ प्रतिकित्ता कबुल्नेले पनि सेयर पाउनसक्ने संभावना कमजोर भएर जाने देखिन्छ । सबै बोलपत्रहरु खोलिसकिएको अबस्थामा मात्र कसले सेयर पाउँछ भन्ने यकिन हुनेछ ।

बोलपत्रसाथ पेश भएका बैंक भौचर र गुड फर पेमेन्ट चेकको समग्र हिसाब आउँदा तीन अर्ब रुपैयाँ हाराहारीको बोलपत्र परेको आँकलन गरिएको छ । यस सेयर लिलाम बिक्रीबाट कृषि बिकास बैंकले कम्तिमा ५० करोड रुपैयाँ जगेडा कोषमा जम्मा गर्ने निश्चित भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।