निक्षेप र कर्जामा कुन बाणिज्य बैंकको कति ब्याज दर ? (तुलनात्मक अध्ययनसहित)

Mar 01, 2017 Merolagani

तिलक कोइराला

लगानीयोग्य रकम नभएको बहानामा बैंकहरुले धमाधम मुद्धती निक्षेप र कर्जाको ब्याज दर बढाएका छन् । २८ बाणिज्य बैंकहरु मध्ये कतिपयले मुद्धती निक्षेपको ब्याज दर १२ र कर्जाको ब्याजदर १८ प्रतिशतभन्दा माथि पुर्याएका छन् ।  ब्याज दर बृद्धिको दौडमा को कहाँ छ ?  हेरौ मेरो लगानी डटकमको तुलनात्मक अध्ययनः

            बाणिज्य बैंकहरुको निक्षेप र कर्जा ब्याज दरको तुलनात्मक अबस्था

 

नोटः साधारण बचतमा दिईएको ब्याज दर र कर्जामा लिईएको न्युनतम ब्याज दरबाट फरक निकालिएको छ ।

स्रोतः सम्बन्धित बैंकको वेभसाईट र अधिकारीहरुसँगको कुराकानी

यसरी हेर्दा बाणिज्य बैंकहरुको निक्षेपमा सामान्य बचत खाताको ब्याज दर अत्यन्त न्युन देखिन्छ । कतिपय बैंकहरुले १ प्रतिशतसम्म ब्याज बचत खातामा दिएका छन् भने चार प्रतिशतसम्म ब्याज दिने बैंक पनि भेटिएको छ ।

४० प्रतिशतसम्म बैंकको निक्षेप बचत खाताको हुने भए पनि त्यस्ता खाताको ब्याज दर नबढाएर मुद्धती निक्षेपका लागि आकर्षक सूचना मार्फत आब्हान गर्ने र कर्जाको ब्याज दर औधी बढाउने बैंकहरुको रणनीति रहेको देखिन्छ ।

सामान्य बचत खाता बाहेक अन्य बचत खाताहरु पनि बैंकहरुले संचालनमा ल्याएका हुन्छन् । चल्ती खातामा राखिएको पैसाको ब्याज दिनु पर्दैन । पैसा भएका संस्था र ब्यक्तिहरुलाई लोभ्याउन बैंकहरुले कल एकाउन्टमा पनि आकर्षक ब्याज दिएर निक्षेपकर्ताहरु तान्ने प्रतिस्पर्धा गर्दै आएका छन् । राष्ट्र बैंकले हालैको मौद्रिक नीतिको समीक्षा मार्फत कल एकाउन्टको ब्याज दर बचत खाताको भन्दा बढी हुनु नहुने गरी बन्देज लगाएको छ । 

दुई वटा बाणिज्य बैंकको कर्जाको ब्याज दर १८ प्रतिशत हाराहारी वा सो भन्दा माथि पुगेको देखिएको छ । सबैभन्दा महंगो कर्जामा सिटिजन्सको फास्टट्रयाक लोन रहेको देखिन्छ, जसको ब्याज दर १९ प्रतिशतसम्म छ । पहिले सात प्रतिशतको दरमा कर्जा लिएका ऋणीहरुलाई पनि पटक पटक ब्याज दर बढाएर बैंकहरुले १५ प्रतिशत माथि पुर्याएका पाईएको छ । केही बैंकले बार्षिक आठ प्रतिशत ब्याज दरमा पनि कर्जा प्रबाह गरिरहेको देखाएका छन् ।

सामान्य बचत खाता र कर्जाको न्युनतम ब्याज दर बीचमा साढे ११ प्रतिशतसम्म फरक परेको देखिएको छ । राष्ट्र बैंकले स्पेड दर पाँच प्रतिशत भन्दा बढी हुनु नहुने नियम लागु गरेको छ तर त्यो गणनाको सुत्र भने फरक हुन्छ ।

मुद्धती खातामा हालै ब्याज बढाएर १८ वटा बैंकले १२ प्रतिशत वा सो हाराहारीमा पुर्याएको पाईएको छ ।

सामान्य बचत र कर्जाको महंगो ब्याजबीचको फरक दर आम रुपमा हेर्दा १३ प्रतिशत भन्दा बढी देखिन्छ भने १२ प्रतिशतको मुद्धती बचत र कर्जाको महंगो दरबीच तुलना गर्दा पनि बैंकहरुले उल्लेखनीय फाईदा लिएकै देखिन्छ ।

यस अध्ययनमा विपन्न बर्ग कर्जा र ब्याज अनुदानसहितको कृषि कर्जालाई समाबेश गरिएको छैन । ती कर्जाहरु तुलनात्मक रुपमा कम ब्याज दरका छन् । 

कतिपय बैंकहरुले नयाँ निक्षेपकर्ताबाट १२ प्रतिशत ब्याज दरमा निक्षेप लिन भन्दा पनि एक बैंकले अर्को बैंकको निक्षेप तान्ने होडबाजीमा  आफ्नो बैंकमा रहेका खातावाललाई रोकिराख्न पनि महंगो ब्याज दरको बिज्ञापन गरेको बुझिन्छ । त्यसैले उनीहरुको कोषको लागत वास्तविक रुपमा बढेको छ भन्न सकिन्न । लिने र दिने ब्याज दरमा फरक परी वास्तविक स्प्रेड बढी हुँदा बैंकहरुको नाफा पनि बढी हुने संभावना हुन्छ ।

यसअघि सस्तोमा घरजग्गा, गाडी, सेयर र ओभरड्राफ्ट कर्जा दिईरहेका बैंकहरुले पनि ती शीर्षकमा जाने कर्जाको ब्याज दर धेरै महंगो बनाएका छन् । बैंकहरुले लगानीयोग्य रकम नभएको बहाना गर्दै पटक-पटक एकतर्फी रुपमा कर्जाको ब्याज बढाएपछि ऋणीहरु चर्को मारमा परेका छन् । 

केही बैंकहरुले आफ्ना वेभसाईटमै महंगोमा मुद्धती निक्षेपको बिज्ञापन गरिरहेका छन् । तरलता सहज हुनै लागेकाले अब चाँडै नै त्यस्ता बिज्ञापनहरु हटाउने तयारीमा पनि केही बैंकका अधिकारीहरु लागेको संकेत मिलेको छ ।

सामान्य बचत खाता र चल्तीमा राखिएका पैसा निक्षेपकर्ताले जत्ति बेला पनि झिक्न सक्ने भएकाले त्यस्ता खाताको पैसालाई मुख्य आधार बनाएर बैंकहरुले लगानी गर्नु जोखिमपूर्ण हुन्छ भने चुक्ता पूँजी, जगेडा कोष, मुद्धती खाताको पैसा ढुक्कले तोकिएको अबधिसम्म कर्जामा परिचालन गर्न पाउँछन् ।

कर्जा पूँजी निक्षेप अनुपात अर्थात सीसीडी ८० प्रतिशत नाघ्न नहुने नियम राष्ट्र बैंकले लागु गरे पनि हालैका दिनहरुमा कयौं बाणिज्य बैंकले त्यसलाई उल्लंघन गरेका छन् । यसलाई सरल भाषामा बुझ्दा निक्षेप र पूँजीको जम्मा रकम १०० रुपैयाँ रकम संकलन भएकोमा ८० रुपैयाँ वा सो भन्दा कम रकम कर्जामा परिचालन गर्न पाउनेमा कतिपय बैंकले ८६ रुपैयाँसम्म कर्जा परिचालन गरेको बुझिएको छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।