स्टाण्डर्ड चार्टर्डले कहिलेदेखि निष्काशन गर्ने भयो एफपीओ ?

Mar 01, 2017 merolagani

लगानीकर्ताको प्रतिक्षमा रहेको स्टाण्डर्ड चार्टड बैंक (SCB) को एफपिओ चैत १ गतेदेखि खुला हुने भएको छ । बैंकले १२ सय ९० रुपैँयाको दरले २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपिओ निष्काशन खुला गर्न लागेको हो । चैत १ गतेदेखि खुला हुने एफपीओ चाँडोमा चैत ४ गते बन्द हुनेछ ।

बैंकले एफपीओ निष्काशनका लागि एनएमबि क्यापिटलाई बिक्री प्रवन्धक नियुक्त गरेको छ । बैंकको एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि अर्थात १२ हजार ९ सय रुपैयाँ र अधिकतम २५ हजार आठ सय ८० कित्ता अर्थात तीन करोड ३३ लाख ८५ हजार दुई सय रुपैँयासम्मको लागि आवेदन दिन सक्नेछन् ।

              ...[स्टान्डर्ड चार्टर्डले प्रतिकित्ता १२९० रुपैंयामा एफपीओको अनुमति पायो]...

ईच्छुक लगानीकर्ताले एफपीओमा धितोपत्र बोर्डबाट आस्बा प्रणाली सेवा प्रदान गर्न अनुमति लिएका बैंक तथा वित्तिय संस्थाका अलवा पुरानै तरिकाबाट एनएमबि बैंकका शाखा कार्यालयबाट आवेदन गर्न सक्ने क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सृजेश घिमिरेले जानकारी दिए ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एफपिओ तथा फरर्वाड कम्यूनिटिको आईपीओको बाँडफाँड भएर रकम फिर्ता आइसक्ने भएकाले बैंकको एफपीओमा लगानी गर्न लगानीकर्तालाई सजिलो हुने देखिन्छ । 

चार्टर्ड बैंकको सेयर धितोपत्र बजार नेप्सेमा बुधबार प्रतिकित्ता १९५० रुपैँयामा कारोबार भएको छ ।

             ...[आस्बा प्रणालीबाट सेयर आवेदन गर्न अब झनै सजिलो, कुन बैंक रोज्नु हुन्छ ?]...

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।