सिटिजनले २५ प्रतिशत हकप्रदका लागि फागुन २६ गते तोक्यो बुक क्लोज मिति

Mar 02, 2017 merolagani

सिटिजन्स् बैंकले २५ प्रतिशत हकप्रद प्रयोजनका लागि फागुन २६ गते बुक क्लोज गर्ने भएको छ । सिटिजनले एक करोड ३८ लाख ४३ हजार ३ सय ७९ कित्ता अर्थात एक अर्ब ३८ करोड बराबरको हकप्रद सेयर जारीगर्न लागेको हो  । फागुन २५ गतेसम्म बैंकको सेयर किन्ने लगानीकर्ताले २५ प्रतिशत हकप्रद प्राप्त गर्नेछन् ।

बैंकको असोज १६ गते सम्पन्न दशौं बार्षिक साधारणसभाले सेयरधनीलाई १० बराबर २.५ कित्ता हकप्रद बेच्ने प्रस्ताव पारित गरेको थियो । बैंकले हकप्रद बिक्रीका लागि सि बि आई एल क्यापिटल लिमिटेडलाई विक्री प्रवन्धक नियुक्त गरिसकेको छ । सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडले फागुन १२ गते धितोपत्र बोर्डबाट २५ प्रतिशत हकप्रद जारी गर्ने अनुमति पाएको हो ।

हाल बैंकको चुक्ता पूँंजी ५ अर्व ५३ करोड ७३ लाख रुपैयाँ रहेकोमा २५ प्रतिशत हकप्रद शेयरको वाँडफाँड पश्चात बैंकको चुक्ता पूँजी ६ अर्व ९२ करोड १६ लाख रुपैँया पुग्नेछ । चालु आर्थिक बर्षको मुनाफाबाट एक अर्ब बढीको बोनश वितरण गरेर बैंकले ८ अर्ब पूँजी पुर्याउने लागेको बैंकले गत बर्ष ५५ प्रतिशत हकप्रद बिक्री तथा ७५ करोड बराबरको बोनस सेयर वितरण गरेको थियो ।

चालु आर्थिक बर्षको दास्रो त्रैमाससम्म बैंकले ६३ करोड खुद नाफा गरेर प्रति सेयर आम्दानी २२ रुपैयाँ कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।