स्टान्डर्ड चार्टर्ड बैंकले चैत १ गतेदेखि थप नयाँ सेयर (एफपीओ) निष्काशन गर्दैछ । उसले आव्हानपत्र सार्वजनिक गर्दै आवेदन केन्द्रहरु सार्वजनिक गरेको छ । फेस भ्यालू एक सय रुपैयाँमा ११ सय ९० रुपैयाँ प्रिमियम थप गरेर बैंकले एक हजार दुई सय ९० रुपैयाँ प्रतिकित्ताका दरको २५ लाख ५८ हजार १४० कित्ता नयाँ सेयर निष्काशन गर्न लागेको हो ।