सेञ्चुरी बैंकले सगरमाथा फाइनान्स एक्वीजीशन गर्ने, पूँजी ५ अर्ब १८ करोड पुग्ने

Mar 03, 2017 merolagani

सेञ्चुरी कमर्सियल बैंक (CCBL) ले सगरमाथा फाइनान्स (SAFL) लाई प्राप्ती (एक्वीजीशन) गर्ने भएको छ । फाइनान्सले हकप्रद र अघिल्लो आर्थिक वर्षको मुनाफा वितरण गरेर ७८ करोड रुपैयाँ पूँजी पुर्याएको छ । एक्वीजीशनका लागि दुई संस्थाका अध्यक्षले विहीवार हस्ताक्षर गरेका छन्।



सेञ्चुरी बैंकले यस अघि इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्न सैद्धान्तिक सहमति प्राप्त गरिसकेकोे छ । बैंकसँग अहिले तीन अर्व ६८ करोड रुपैयाँको चुक्ता पुँजी छ। बैंकले यी तीन संस्था प्राप्तीबाट करिब एक अर्ब ५० करोड रुपैयाँ पूँजी थपिनेछ । एक्वीजीशनबाट डेढ अर्व रुपैयाँ थपिएपछि बैंकसँग पाँच अर्व १८ करोड रुपैयाँ चुक्ता पुँजी पुग्नेछ।

बैंकले नपुग पूँजी हकप्रद शेयर जारी गरेर तथा चालु आर्थिक वर्षको मुनाफाबाट बोनस वितरण गरेर पुर्याउने लक्ष्य लिएको छ।

एक्वीजीशन गर्न लागिएको सगरमाथा फाइनान्सको १४ वटा (११ वटा सञ्चालनमा रहेको र ३ वटा नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त) शाखा कार्यालय छन्। त्यसैगरी संस्थाले २०७३ पुस मसान्तमा पाँच करोड ६१ लाख रुपैयाँ खुद मुनाफा गरेको छ।

सेञ्चुरी बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा संचालन मुनाफा ३२ करोड ७४ लाख तथा खुद मुनाफा २२ करोड ३९ लाख रुपैयाँ छ। बैंकले ३२ अर्ब ६८ करोड निक्षेप संकलन गरी २९ अर्ब कर्जा प्रवाह गरेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।