फरवार्ड कम्युनिटीको सेयर पनि आजै बाँडफाँड हुँदै, कति कित्ता पर्ला ?

Mar 03, 2017 Merolagani

फरवार्ड कम्युनिटी माईक्रोफाइनान्सको साधारण सेयर पनि आजै बाँडफाँड हुँदैछ । माइक्रोफाइनान्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङले मेरोलगानीलाई सेयर बाँडफाँडको तयारी पुरा भएको जानकारी दिएको हो ।

स्रोतका अनुसार माइक्रोफाइनान्सको छ लाख कित्ता साधारण सेयरमा आवेदन गर्ने एक लाख २७ हजार मध्ये निकै कम आवेदकले मात्र सेयर पाउने भएका छन् । आफुसँग भएभरको रकम खर्च गरेर साधारण सेयरमा आवेदन गरेका लगानीकर्तालाई यस बाँडफाँडले गतिलो पाठ सिकाउने देखिएको छ ।

छ अर्ब १० करोड रुपैंयाको सेयर आवेदन परेको आधारमा मेरोलगानीले गरेको आँकलन अनुसार साना भनिएका ५० हजार रुपैंयासम्मका सबै लगानीकर्ताले गोलाप्रथाको सामना गर्नु पर्ने छ । यति मात्र नभई लाख रुपैंया हाराहारीमा लगानी गरेका ठुला लगानीकर्ताले पनि गोला प्रथाबाट जम्मा १० कित्ता सेयरमा चित्त बुझाउनु पर्ने देखिन्छ । त्यस भन्दा बढी आवेदन गर्नेले सेयर त पाउँछन्, तर ज्यादै न्युन । यही आँकलनलाई आधार मान्दा सबै भन्दा धेरै सेयर पाउनेले पनि ३० कित्ता भन्दा बढी सेयर नपाउने अवस्था देखिन्छ ।

सेयर बाँडफाँडको बिस्तृत नतिजा मेरोलगानीले सार्वजनिक गर्नेछ ।

नेपाल लाइफको एफपीओ बाँडफाँडको मोडल यस्तो,अन्तिम नतिजा केही बेरमा

comments powered by Disqus