हिमालयन बैंकको सेयर पनि अब सस्तोमा किन्ने अवसर, झण्डै डेढ लाख कित्ता लिलाममा

Mar 08, 2017 Merolagani

हिमालयन बैंक लिमिटेड(HBL)ले हकप्रदमा नबिकेको एक लाख ४५ हजार पाँच सय ८० कित्ता कित्ता साधारण सेयर लिलामी गर्ने भएको छ । बैंकले चैत १० गतेदेखि १६ गतेसम्म उक्त परिमाणको सेयरमा लिलाम आह्वान गरेको हो ।


ईच्छुक लगानीकर्ताले बैंकको सेयर विक्री प्रबन्धक लक्ष्मी क्यापिटलमा चैत १६ गतेसम्म न्यूनतम एक सय रुपैँया भन्दा बढि मूल्यमा बोलपत्र पेश गर्न सक्नेछन् । बैंकको सेयरमा न्यूनतम एक सय कित्ता र अधिकतम सबैं कित्ताको लागि आवेदन गर्न सकिने बैंकले जनाएको छ । बिक्री प्रबन्धकले बोलकबोल पत्र चैत १७ गते ११ बजे जय गणेश कमलादी बेन्क्वेटमा खोल्नेछ ।

यसअघि बैंकले सात अनुपात एक कित्ताको दरले कुल ६४ लाख २७ हजार तीन सय ५० कित्ता सेयर हकप्रद निष्काशन गरेको थियो । कात्तिक २६ देखि मंसिर ३० सम्म निष्काशित बैंकको हकप्रदमा ११ हजार सात सय आवेदकलाई माघ दुई गते  ६२ लाख ८१ हजार ७७० कित्ता सेयर बाँडफाँड गरिएको थियो । त्यसमा नबिकेर बाँकी रहेको सेयर अहिले बोलकबोलबाट बिक्री गर्न लागेको हो ।

एकपछि अर्को बैंकले हकप्रद सेयर जारी गर्ने र त्यसमा आवेदन नपरेका सेयर यसरी नै लिलाममा आउने गरेकाले लगानीकर्तालाई दोस्रो बजार भन्दा धेरै सस्तोमा सेयर किन्ने अवसर प्राप्त भएको छ । यसरी धेरै कम्पनीहरुको सेयर लिलाममा आउने भएकाले मूल्य उचालिएर लिलाम सकार्नु चाँही फाईदाजनक नहुनसक्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।