कृषि विकास बैंकको सेयर लिलामीमा सहभागि सबैले आफ्नै बैंक खातामा पैसा पाउने

Mar 10, 2017 Merolagani

कृषि विकास बैंकले लिलामी गरेको सेयर बाँडफाँटमा सेयर नपरेको पैसा बोलपत्र आवेदकको खातामा नै पठाउन थालेको छ । बैंकले शुक्रबारदेखि लगानीकर्ताले बोलपत्र गर्दा उपलब्ध गराएको खातामा नै रकम फिर्ता गर्न थालेकोे हो ।

एस क्यापिटलका प्रबन्ध निर्देशक पुर्णचन्द्र दाहालले लिलामी आवेदन गरि सेयर प्राप्त गर्न नसकेका सबै लगानीकर्ताको खातामा शुक्रबारदेखि नै रकम फिर्ता गर्न थालिएको जानकारी दिए ।

कात्तिक ३ गतेदेखि मंसिर ७ गतेसम्म बैंकले निष्काशन गरेको ५० प्रतिशत हकप्रदले हुने एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रदमध्ये १९ लाख ६८ हजार ५७५ कित्ता सेयर बिकेको थिएन । बैंकले कात्तिक ३ गतेदेखि मंसिर ७ गतेसम्म हकप्रद खुला गरेको थियो सो समयमा नबिकेको हकप्रद माघ २७ देखि फागुन १२ गतेसम्म लिलामी गरिएको थियो । जसमा ३६१ रुपैँयाभन्दा बढि बोलकबोल गर्ने दुई हजार एक सय जनाले उक्त सेयर सकारेका थिए । अधिकतम ६०१ रुपैँयासम्मको आवेदन परेको उक्त लिलामीमा बाँकी सात हजार भन्दा बढि लगानीकर्ताले लिलामबाट सेयर पाउन सकेनन् ।

बैंकले पुस मसान्तसम्ममा ९० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २९ रुपैयाँ ४९ पैसा कायम गरेको छ । बैंकको जगेडा कोषमा नौ अर्ब २९ करोड २० लाख सञ्चित छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।