एनएमबि बैंकको प्रमुख कार्यकारीमा सुनिल केसी नियुक्त

Mar 14, 2017 merolagani

एनएमबि बैंक (NMB) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुनिल केसी नियुक्त भएका छन् । एनएमबि बैंकमै डेपुटी सीइओको रुपमा कार्यरत केसीलाई चैत १ गतेदेखि लागू हुनेगरी बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी नियुक्त गरेको हो ।



केसी चार बर्षे कार्यकालका लागि प्रमुख कार्यकारी नियुक्त भएका हुन् ।

यसअघिका सीईओ उपेन्द्र पौडेलको कार्यकाल सकिएपछि बैंकले नयाँ कार्यकारी छनौट गरेको हो । पौडलले १७ बर्षसम्म एनएमबी बैंकको प्रमुख कार्यकारीको रुपमा काम गरेका थिए ।

९ बर्षअघि स्टान्डर्ड चार्टर्ड बैंकबाट एनएमबि बैंकका आएका केसी ६ वर्षदेखि एनएमबि बैंकमै डेपुटी सीइओको रुपमा कार्यरत थिए । केसीसँग २७ वर्ष बैंकिङ क्षेत्रमा काम गरेको लामो अनुभव छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।