लक्ष्मी बैंकलाई बल्ल शतप्रतिशत हकप्रद निश्काशनको अनुमति, हकप्रदमा नउचालिनुस

Mar 14, 2017 Merolagani

दुई बर्ष अघि १०० प्रतिशत हकप्रद प्रस्ताव गरेको  लक्ष्मी बैंक (LBL) लाई धितोपत्र बोर्डले बल्ल हकप्रद निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले मंगलबार बैंकलाई तीन करोड १५ लाख ९० हजार तीन सय चार कित्ता सेयर निष्काशनको अनुमति दिएको हो । गत आर्थिक वर्षको कमाईबाट ३८ प्रतिशत प्रस्ताव गरेको बैंकले अब हकप्रदलाई समेत बोनस सेयर दिनु पर्ने भएको छ ।

बैंकले बोनस प्रस्ताव गरे पनि साधारण सभा नबोलाई धितोपत्र बोर्डबाट हकप्रदले स्वीकृति पाएको हो । अब बैंकले हकप्रद र बोनसका लागि एकै पटक बुकक्लोज गर्न सक्ने देखिएको छ । तर लगानीकर्ताले उचालिएर सेयर किन्नु घातक हुन सक्नेतर्फ ध्यान दिनु पर्ने हुन्छ । धेरै कम्पनीहरुको हकप्रद निश्काशन भईरहेकाले लगानीकर्तामा हकप्रदका लागि रकम जुटाउनुपर्ने चाप छ भने अर्कोतर्फ तरलताको समस्या छ । हकप्रदमा नबिकेका सेयर समेत लिलाममा आउने क्रम तीब्र बन्दा हकप्रदकै लागि उचालिएर सेयर किन्नुभन्दा सुझबुझपूर्ण निर्णय गर्नु  श्रेयस्कर हुने देखिन्छ ।

फेरि लक्ष्मी बैंकले प्रस्ताब गरेको  बोनस हकप्रदले समेत पाउँदा बोनसको अनपात १८ दशमलव २९ प्रतिशत मात्र हुन आउँछ । यस अघि नै बैंकले बोनस हकप्रदलाई समेत दिंदा उक्त अनुपातमा आउने प्रष्ट पारिसकेको छ ।

अहिले तीन अर्ब १५ करोड ९० लाख ३० हजार चार सय रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले सोही पूँजी बराबरको हकप्रद निष्काशन गरे पछि चुक्ता पूँजी छ अर्ब ३२ करोडको हाराहारीमा पुग्ने छ । उक्त पूँजीको १८ दशमलव २९ प्रतिशत बोनस बाँडे पछि बैंकको चुक्ता पूँजी साढे सात अर्ब रुपैंया नाघ्नेछ । बैंकको हकप्रद निष्काशनको जिम्मेवारी सिद्धार्थ क्यापिटलले पाएको छ ।

यस अघि प्रोफेसनल दियालो विकास बैंकलाई समेत गाभेर एर्ककृत कारोबार थालेको बैंकले उक्त विलय पश्चात कायम पूँजीको सतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । यस अघि बैंकले प्रोफेशनल दियालोको पूँजी र हकप्रदलाई समायोजन नगरी ३८ प्रतिशत बोनस प्रस्ताव गरेकोमा त्यसलाई पनि गणना गर्दा  १८ दशमलव २९ प्रतिशत बोनस हुने भएको हो ।

                            सानिमा बैंकले पनि पायो हकप्रद निष्काशनको स्वीकृति

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।