एशियन लाइफको २० प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन, ५० प्रतिशत हकप्रद कहिले ?

Mar 15, 2017 Merolagani

एशियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई बितरण गर्ने प्रस्ताव गरेको २० प्रतिशत बोनस सुरक्षित गर्ने आज (बुधबार) अन्तिम दिन हो । इन्स्योरेन्सले बोनस तथा साधारण सभा प्रयोजनका लागि भोलि (बिहीबार, चैत तीन गतेदेखि) सेयरधनी पुस्तिका बन्द गर्दैछ । इन्स्योरेन्सको चैत १७ गते हुने साधारण सभाले प्रस्तावित बोनसका साथै सो पछि कायम हुने पूँजीको ५० प्रतिशत हकप्रद प्रस्ताव पनि पारित गर्दैछ ।

हाल ६७ करोड १३ लाख रुपैंया चुक्ता पूँजी रहेको इन्स्योरेन्सले बोनस बितरण पश्चात चुक्ता पूँजी ८० करोड ५५ लाख ९३ हजार रुपैंया पुर्याउने छ । उक्त चुक्ता पूँजीको ५० प्रतिशतले हुने ४० करोड २८ लाख रुपैंया बराबरको हकप्रद निष्काशनको प्रस्ताव पनि साधारण सभाले पारित गर्दैछ । बोनस तथा हकप्रद निष्काशन पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब २१ करोड रुपैंया पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।