एफपीओ छाडेर महाकाली विकास बैंकले किन गर्दैछ संस्थापक सेयर साधारणमा रुपान्तरण ?

Mar 15, 2017 Merolagani

नेपाल धितोपत्र बोर्डमा थप नयाँ सेयर निष्काशनको अनुमति मागेको महाली विकास बैंक (MBBL) ले १३ दशलमव ७१ प्रतिशत संस्थापक सेयर साधारणमा रुपान्तरण गर्ने भएको छ । धितोपत्र बोर्डले एफपीओ निष्काशनका लागि अनुमति नदिए पछि बैंकले संस्थापक सेयर साधारणमा रुपान्तरण गर्न लागेको हो । यसबाट बैंकको संस्थापक सेयर धारण गरेका लगानीकर्ताले केही मात्रामा भए पनि राहत पाउने देखिएको छ ।

बैंकले आठौं वार्षिक साधारण सभाबाट एफपीओ पारित गरी धितोपत्र बोर्डमा दुई लाख ३६ हजार तीन सय ६७ कित्ता थप नयाँ सेयर निष्काशनको अनुमति मागेको थियो । कुमारी बैंकसँग विलय सम्झौता गरेको बैंकले बोर्डको अनुमति नपाए पछि सामान्य प्रकृयाबाट संस्थापक सेयर परिवर्तन गरी संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ बनाउन लागेको हो ।

बैंकले सूचना प्रकाशित गर्दै संस्थापक सेयर धारण गरेका लगानीकर्तालाई असमति भए सात दिन भित्र जानकारी गराउन आग्रह पनि गरेको छ ।

बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा झण्डै ७७ प्रतिशतले खुद नाफा वृद्धि गरी चालु आर्थिक वर्षको पुस मसान्तसम्मा एक करोड २३ लाख रुपैंया खुद नाफा कमाएको थियो ।

कुमारी बैंकसँग बेचिने प्रक्रियामा गएको बैंकको शेयर कारोबार जेठ यता रोक्का रहेको छ । एनसीसी बैंकसँगको मर्जर प्रक्रिया टुटेपछि कुमारी बैंकले गत असोज १७ गते सोमबार काष्ठमण्डप, महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्ने सम्झौता गरेको थियो । कुमारीले महाकाली सहित चार वटै संस्थालाई प्रति सय कित्ता बराबर कुमारीको ८५ कित्ता सेयरमा विलय गर्न लागेको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।