एनआईसी एशिया बैंकले सञ्चालक तथा संस्थापक सेयरधनीलाई भन्यो, ‘कल इन एडभान्स बुझाउ’

Mar 15, 2017 Merolagani

नेपाल धितोपत्र बोर्डबाट १५ प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको एनआईसी एशिया बैंक (NICA) ले संस्थापक सेयरधनी तथा सञ्चालकहरुलाई हकप्रद वापतको रकम जम्मा गर्न आग्रह गरेको छ । हकप्रद निष्काशनका लागि बुकक्लोज तथा निष्काशन मितिको टुंगो लगाइसकेको बैंकले सूचना जारी गर्दै सञ्चालक तथा संस्थापक सेयरधनीलाई हकप्रद वापतको रकम चैत ११ गतेसम्ममा जम्मा गरिसक्न आग्रह गरेको हो ।

तोकिएको मितिसम्ममा पनि हकप्रद वापतको रकम जम्मा नगरे प्रचलित कानुन अनुसार भएर जाने बैंकले प्रष्ट पारेको छ ।

हक हस्तान्तरण गर्न चाहने संस्थापक तथा सञ्चालकहरुलाई हक हस्तान्तरणको व्यहोरा उपलब्ध गराउन पनि आग्रह गरेको छ । बैंकले सञ्चालक तथा संस्थापक सेयरधनीलाई हकप्रद वापतको रकम एनआईसी एशिया बैंकमा रहेको ‘एनआईसी एशिया राइट सेयर कलेक्सन’ नामको खाता नम्बर ००९ ४९२ ६५२ ४०० ०३ मा जम्म गर्न आग्रह गरेको छ ।

       एनआइसी एसिया बैंकको १५ प्रतिशत हकप्रद चैत १६ गतेदेखि, कहिले हुँदैछ बुकक्लोज ?

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।