बंगलादेश बैंकले ८० प्रतिशत हकप्रदका लागि तोक्यो बुकक्लोज, नउचालिनुस्

Mar 16, 2017 Merolagani

८० प्रतिशत हकप्रद निष्काशनका लागि केही दिन अघि नेपाल धितोपत्र बोर्डबोट अनुमति पाएको नेपाल बंगलादेश बैंक (NBB) ले बुकक्लोजको मिति तोकेको छ । लक्ष्मी बैंक सहित अन्य वाणिज्य बैंकहरुले ठुलो मात्रामा हकप्रद जारी गर्न लागेको, तरलता अभावले धेरै कित्ता सेयर बिक्री नभएर लिलाममा आउने र हकप्रद पछि प्रतिसेयर आम्दानीमा गिरावट आउने लगायत कारणले अहिले हकप्रदका लागि उचालिएर सेयर किन्नु घातक हुन सक्छ ।

बैंकको सञ्चालक समितिको बैठकले ८० प्रतिशत हकप्रद निष्काशनका लागि चैत १७ गते सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । बैंकले प्रति कित्ता एक सय रुपैयाँका अंकित मूल्यको ३ अर्ब २० करोड ९४ लाख ६ हजार ८ सय ८० रुपैयाँ बराबरको ३ करोड २० लाख ९४ हजार ६८ दशमलब ८० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

बैंकले सेयरधनी पुस्तिका बन्द गर्ने मिति मात्र निर्धारण गरेको बैंकले कहिलेदेखि हकप्रद निष्काशन गर्ने भन्ने खुलाएको छैन । 

हाल बैंकको चुक्ता पूँजी ४ अर्ब १ करोड रुपैयाँ रहेको छ । हकप्रदपछि बैंकको पूँजी करिब ७ अर्ब २२ करोड ११ लाख रुपैँया पुग्नेछ । धितोपत्र बजारमा बिहीबार बैंकको सेयरमूल्य प्रतिकित्ता  ६६० रुपैंयामा किनबेच भैरहेको छ ।

अहिले एनबी सहित लक्ष्मी, एनआईसी एशिया, सिटिजन्स, सानिमा लगायतका वाणिज्य बैंकले ठुलो परिमाणमा हकप्रद बिक्रीमा ल्याउँदैछन् । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।