पहिलो पटक आउने भयो प्रिमियममा थप नयाँ संस्थापक सेयर

Mar 16, 2017 Merolagani

बैंक अफ काठमाण्डू लुम्बिनी फेरी बैंक अफ काठमाण्डू बन्ने
बैंक अफ काठमाण्डू लुम्बिनी (BOKL) फेरी पछाडप् फर्किँदै बैक अफ काठमाण्डू बन्ने भएको छ । साथै बैंकले पहिलो पटक संस्थापक तर्फको थप नयाँ सेयर (एफपीओ) निष्काशन गर्ने भएको छ । बैंकको बिहीबार सम्पन्न २२ औ बार्षिक साधारणसभाले उल्लेखित प्रस्ताव पारित गर्दै नयाँ सञ्चालकहरु समेत चयन गरेको छ ।

बीओकेएलमा अहिले संस्थापक र साधारण सेयरधनीको ४४ः५६ प्रतिशत हिस्सा रहेकाले संस्थापकको सेयर हिस्सा बढाउन प्रिमियममा थप संस्थापक सेयर निष्काशन गर्ने प्रस्ताव पनि साधारण सभाले अनुमोदन गरेको छ । जस अनुसार बैंकले नेपालमा नै पहिलो पटक ६२ लाख आठ हजार एक सय ३२ कित्ता थप संस्थापक सेयर जारी गरी संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्नेछ ।

बीओके र लुम्बिनी बैंक मर्ज हुँने क्रममा अन्तिम स्वीकृति दिंदा राष्ट्र बैंकले राखेको शर्त अनुसार थप संस्थापक सेयर निष्काशन गर्ने निर्णयमा बैंक पुगेको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा विहीबार सम्पन्न साधारण सभाले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २३ प्रतिशत अर्थात एक अर्ब पाँच करोड २६ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

साविकको लुम्बिनी बैंकसँग बैंक अफ काठमाण्डू मर्ज भएर बैंक अफ काठमाण्डू लुम्बिनीको जन्म भएकोमा उक्त नाम राष्ट्र बैंकलाई स्वीकार्य नभएको भन्दै बैंकको साधारण सभाले फेरी बैंक अफ काठमाण्डू नामाकरण गर्ने प्रस्ताव पारित गरेको हो । उक्त प्रस्ताव पारित गर्ने समयमा सेयरधनीले पटक पटक बैंकको नाम परिवर्तन गरेको भन्दै खर्च बढ्ने तथा ब्राण्डका सम्बन्धमा भ्रम सिर्जना हुने बताएका थिए । साबिकको लुम्वीनी बैंकका केही सेयरधनीले लुम्बिनी बैंकको नाम हटाएकोमा विरोध जनाउँदै लुुम्बिनी बैंकका सञ्चालकहरुको जिम्मेवारी प्रति असन्तिुष्टि व्यक्त गरे ।

सभामा बोल्ने अरु सेयरधनीहरुले पछिल्लो समयमा आएका बैंकहरुको तुलनामा बीओकेएलको आम्दानी बढ्न नसकेको भन्दै बैंक व्यवस्थापनको ध्यानाकर्षण गराएका थिए । सेयरधनीले उठाएका प्रश्नको जवाफ दिँदै प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले सेयरधनीले उठाएका कुराहरुलाई बैंक सञ्चालक समितिले क्रमश पुरा गर्दे जाने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले चार गुणा चुक्ता पूँजी बढाउन परेको अवस्थामा समेत बैंकले दिने प्रतिफलमा कमि आउन नदिन बैंक सञ्चालक समितिले ध्यान दिने पनि बताए ।

सो अवसरमा प्रमुख कार्यकारी श्रेष्ठले शाखा विस्तार गरी ग्राहकमा थप सेवा दिने उदेश्यका साथ चालु आर्थिक आधा दर्जन बढी शाखा बिस्तार गर्ने बताए । उनले आगामी दुई वर्षमा बैंकको कुल शाखा संख्या १०१ पुर्याउँदै चार बर्षमा १५० पुर्याउने लक्ष्यमा बैंक अघि बढेको जानकारी दिए ।

मेलम्ची आयोजनामा बैंक ग्यारेन्टी बसेका कारण बढेको निष्कृय कर्जा अनुपात घटाउने प्रतिबद्धता पनि प्रमुख कार्यकारी श्रेष्ठले जनाएका छन् ।

साधारणसभाले संस्थापक र साधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने चार चार जना सञ्चालक पनि चयन गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।