नेपाल हाइड्रो डेभलपरले चैत ४ गतेदेखि आईपीओ प्रमाणपत्र बाँड्ने

Mar 17, 2017 merolagani

दोलखाका आयोजना प्रभावितका लागि साधारण सेयर निष्काशन गरेको नेपाल हाइड्रो डेभलपर (NHDPL) ले चैत चार गतेदेखि सेयर प्रमाणपत्र वितरण गर्ने भएको छ । लगानीकर्तालाई सेयर फारम बुझाएको स्थानबाटै प्रमाणपत्र संकलन वितरण गरिने भएको हो ।

कम्पनीले आयोजना प्रभावित दोलखाको भिमेश्वरं ८, ९ र ११, मागपौवा ५ र काटाकुटी ६ का बासिन्दाका लागि दुई लाख ६० हजार कित्ता शेयर निष्काशन गरिएको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी १९ करोड ५० लाख रुपैँया रहेको छ । कम्पनीले चुक्ता पूँजीको १५ प्रतिशत अर्थात ३ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणका लागि निकट भविव्यमा निष्काशन गर्दैछ । त्यस पछि कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैँया पुग्नेछ ।

कम्पनीले ३.५ मेगावाट क्षमताको चर्नावती खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी नियमित रुपमा विद्युत बिक्री गर्दै आएको कम्पनीको छ । यस कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघ उर्जा समितिको सभापति ज्ञानेन्द्रलाल प्रधान हाइड्रो पावरको अध्यक्ष छन् भने महासंघका अध्यक्ष पशुपति मुरारका लगायत सञ्चालक रहेका छन् ।

 नेपाल हाइड्रो डेभलपरको आईपीओ बाँडफाँडको नतिजा हेर्नुहोस्

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।