नेको इन्स्योरेन्सको शतप्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन, डिप्रोक्स लघुवित्तको खुल्यो

Mar 20, 2017 Merolagani

नेको इन्स्योरेन्स (NIL) ले निष्काशन गरेको शतप्रतिशत हकप्रद सोमबारदेखि निष्काशन बन्द हुँदैछ । तपाईसँग नेकोको सेयर छ छैन यकिन गरी हकप्रद भर्न नछुटाउनु होस् । उता डिप्रोक्स लघुवित्त (DDBL) ले पनि सोमबारदेखि शतप्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ ।

नेको इन्स्योरेन्सले एक सय रुपैंया अंकित मूल्यमा एक बराबर एकको अनुपातमा ३२ लाख ४० हजार चार सय ३६ कित्ता सेयर निष्काशन गरेको हो । नेकोको हकप्रदमा पुस १३ गतेसम्ममा कायम सेयरधनीले आवेदन गर्न सक्नेछन । इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । फागुन ३ देखि इन्स्योरेन्सले हकप्रद निष्काशन गरेको हो ।

कम्पनीका सेयरधनीहरुले एनएमबि क्यापिटल नागपोखरी, नक्साल तथा एनएमबि बैंकका कलंकी, सूय्र्विनायक भक्तपुर, कुमारीपाटी ललितपुर, तीनदोबाटो बनेपाबाट हकप्रदको आवेदन गर्न सक्नेछन् ।

त्यसैगरी एनएमबि बैंकको आदर्शनगर वीरगन्ज, मिलनचोक बुटवल, बसपार्करोड धनगढी, भानुचोक जनकपुर, न्यूरोड पोखरा, नारायणगढ चितवन, सुर्खेतरोड नेपालगन्ज, रंगेलीरोड बिराटनगर, महेन्द्रपथ धरान र बिर्तामोड झापाबाट पनि लगानीकर्ताले हकप्रदको आवेदन गर्न सक्ने बताइएको छ ।

अहिले चुक्ता पूँजी ३२ करोड ४० लाख ४३ हजार रुपैंया रहेको नेको इन्स्योरेन्सको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ६४ करोड ८० लाख ८७ हजार दुई सय ६४ रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको कमाईबाट बितरण गरेको २० प्रतिशत बोनस समेत गरी इन्स्योरेन्सको चुक्ता पूँजी ७० करोड रुपैंया नाघ्नेछ ।


त्यसै गरी डिप्रोक्स लघुवित्तले सोमबारदेखि नै एक सय रुपैंया अंकित मूल्यमा २५ लाख ७९ हजार २३८ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिंग रहेको छ । लघुवित्तको हकप्रदमा नबिल इन्भेष्टको कार्यालय नक्साल, काठमाण्डौं तथा डिप्रोक्स लघुवित्तका सबै शाखाहरुबाट आवेदन दिन सकिनेछ । लघुवित्तको हकप्रद निष्काशन आगामी बैशाख १० गते बन्द हुनेछ । फागुन एक गतेसम्म सेयर खरिद गरेका लगानीकर्ताले मात्र लघुवित्तको हकप्रद भर्न पाउने छन् ।

अहिले लघुवित्तको चुक्ता पूँजी २५ करोड ७९ लाख रुपैंया छ । बोनस शेयर बितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ३४ करोड ८१ लाख रुपैंया पुग्नेछ भने शतप्रतिशत हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ६० करोड ६१ लाख रुपैंया पुग्नेछ ।

नबिल बैंक, कृषि विकास बैंक, नेपाल बैंक, विकास आयोजना सेवा केन्द्र, लुम्बिनी फाईनान्स एण्ड लिजिङ्ग कम्पनी लगायतका बैंक तथा वित्तीय क्षेत्रका बिशेषज्ञहरुको प्रत्यक्ष लगानी र वित्तीय सेवा मार्फत महिला सशक्तिकरण तथा गरिवी निवारणको मुख्य उद्देश्यका साथ लघुवित्तले ३६ जिल्लाका ६८ शाखाहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।