प्रभु इन्स्योरेन्सको ५० प्रतिशत हकप्रद चैत ३० गतेदेखि,कहाँबाट गर्ने आवेदन ?

Mar 21, 2017 merolagani

प्रभु इन्स्योरेन्स (PRIN) ले चैत ३० गतेदेखि ५० प्रतिशत हकप्रद निकाष्सन गर्ने भएको छ । कम्पनीले हकप्रद प्रयोजनका लागि चैत ६ गते सेयरधनी पुस्तीका बन्द गरिसकेकाले सो दिनभन्दा अगाडि कम्पनीको सेयर किनेका लगानीकर्ताले पचास प्रतिशत हकप्रद भर्न पाउनेछन् ।

इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात दुई बराबर एक कित्ताको अनुपातमा १९ करोड २५ लाख सात हजार आठ सय ८१ रुपैयाँको बराबरको एक सय रुपैँया अंकित दरका १९ लाख २५ हजार ७८.८१ कित्ता हकप्रद निकाल्न लागेको हो । कम्पनीले धितोपत्र बोर्डबाट फागुन १२ गते ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । हकप्रद सेयरमा जेठ २ गतेसम्म बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी, प्रभु बैंकका शाखा कार्यालयहरुबाट आवेदन दिन पाइने क्यापिटलले जनाएको छ ।

३८ करोड ५० लाख चुक्ता पुँजी रहेको कम्पनीले गत बर्षको कमाईबाट १७ प्रतिशत बोनस वितरण गरेको थियो । प्रभुको हकप्रदपछि चुक्ता पूँजी ५७ करोड ७७ लाख नाघ्नेछ । जसको जगेडा कोषमा पाँच करोड ४० लाख,तथा जीवन बिमा कोष २६ करोड २७ लाख रुपैँया रहेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमास पुस अन्त्यसम्ममा इन्सुरेन्सले दुई करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक १५ रुपैयाँ १७ पैसा कायम गरेको छ । केन्द्रिय कार्यालय सहित १९ शाखा तथा उपशाखाहरु बाट बीमा सेवा दिंदै आएको कम्पनीले आगामी दिनमा अरु शाखा बिस्तार गर्दै जाने लक्ष्य लिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।