कैलाशको २० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन,छुट्नु त भएन ?

Mar 23, 2017 merolagani

कैलाश विकास बैंक (KBBL) को फागुन छ गतेदेखि खुला भएको चुक्ता पूँजीको २० प्रतिशत हकप्रद भर्ने विहीबार अन्तिम दिन हो । बैंकले एक सय रुपैंया अंकित ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । हकप्रदमा आवेदन दिन शेयरधनीले क्यापिटलको कार्यालय जमल तथा कैलाश विकास बैंकका सबै शाखाहरुबाट विहीबार दिउँसो तीन बजेसम्म आवेदन गर्न सक्नेछन् ।

बैंकको पाँच सेयर भएका शेयरधनीले एक कित्ताको लागि आवेदन गर्न सक्नेछन् । बैंकको हकप्रदमा गत पुस १३ गतेसम्ममा सेयर खरिद गरेका सेयरधनीले मात्र आवेदन गर्न सक्ने क्यापिटलले जनाएको छ ।

एक अर्ब ५८ करोड तीन लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले ३१ करोड ६० लाख रुपैंयाको हकप्रद बिक्री गरी पूँजी थप गर्न लागेको हो । हाल कायम चुक्ता पूँजीको २० प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब ३० करोडको हाराहारीमा पुग्नेछ ।

चालु आर्थिक बर्षको छ महिनाको अवधिमा कैलाश विकास बैंकले २६ करोड ३८ लाख ६३ हजार रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी आम्दानी २६ रुपैयाँ ७१ पैसा कायम गरेको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई २५ प्रतिशत बोनस समेत बितरण गरेको छ । धितोपत्र बजारमा कैलाशको सेयर प्रतिकित्ता बुधबार ३३२ रुपँयामा कारोबार भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।