कुमारीको २१ प्रतिशत बोनस तथा चार कम्पनी एक्वायर गर्ने प्रस्ताव पारित

Mar 23, 2017 merolagani

कुमारी बैंक (KBL) को १६ औं वार्षिक साधारण सभाले लगानीकर्तालाई २१ प्रतिशत बोनसका साथै चार संस्थालाई एक्वायर गर्ने प्रस्ताव पारित गरेकोे छ । बैंकको बुधबार ट्रेड टावर थापाथलीमा सम्पन्न भएको २१ औं बार्षिक साधारणसभाले बोनस तथा एक्वीजिशनको प्रस्ताव पारित गरेको हो । 

बैंकको साधारणसभाले काष्ठमण्डप, महाकाली, काँक्रेविहार गरी तीन विकास बैंक र पश्चिमाञ्चल फाईनाइन्स कम्पनीलाई एक्वायर गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।

त्यस्तै, साधारणसभाले गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, लेखापरिक्षक नियुक्ति र सभामा पेस गरिएका अन्य सबै प्रस्ताव समेत पारित गरेको छ ।

हाल कुमारीको चुक्ता पुँजी दुई अर्ब ६९ करोड ९१ लख ६७ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कुमारीले २७ करोड ९३ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २७ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ८९ पैसा छ ।

बैंकले यहि ६ गते देखि २ः१ को अनुपातामा एक अर्ब ३४ करोड ९५ लाख ८३ हजार २६६ रुपैयाँको एक सय रुपैँया अंकित दरको एक करोड ३४ लाख ९५ हजार आठ सय ३२.६६ कित्ता हकप्रद खुला गरिराखेको छ जसमा सेयरधनीले बैशाख १० गतेसम्म आवेदन गर्न गर्न पाउनेछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।