कन्काई बिकास बैंक अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा

Mar 23, 2017 Merolagani

बैंक वित्तीय संस्थाहरुलाई अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउदै लाने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कन्काई बिकाश बैंकसँग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ ।

यस सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र कन्काई बिकाश बैंक लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश मान बज्राचार्यले हस्ताक्षर गरेका हुन् । 

सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले बैकलाई अन्तरबैंक विद्युतीय भुक्तानी सेवा संचालनको लागि एनसीएचएल आईपीएस प्रणाली उपलब्ध गराउने छ । सो प्रणाली मार्पmत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्णतया रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन÷तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् ।

यस प्रणालीका मा हालसम्म क्लियरिंग हाउसले ७१ बैंक तथा वित्तीय संस्थाहरुसंग प्रत्यक्ष र तीन रेमिट कम्पनीहरु र एक मर्चेन्ट बैकिङ्ग कम्पनीसंग अप्रत्यक्ष रुपमा सम्झौता गरिसकेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।