माछापुच्छ्रे बैंकको सेयर लिलमीमा नपरेको पैसा फिर्ता सुरु, सिटिसी मलबाट वितरण हुने

Mar 26, 2017 merolagani

बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले माछापुच्छ्रे बैंक (MBL) को सेयर लिलामीमा नपरेको पैसा आईतबारबाट फिर्ता सुरु गरेको छ । क्यापिटलले हालसम्म कमलादीबाट सेवा दिँदै आएकोमा माछापुच्छ्रे बैंकको रकम फिर्ता भने कम्पनीको नयाँ ठेगाना सुन्धाराको सिटिसी मलको छैटौं तल्लाबाट वितरण गर्ने भएको हो ।

बैंकले गत मंसिर १९ गतेदेखि माघ २ गते सम्म ५० प्रतिशत हकप्रद निष्काशन गरेको थियो । त्यसमा नबिकेको तीन लाख २३ हजार दुई सय छ कित्ता साधारण तथा ४८ हजार छ सय २३ कित्ता संस्थापक सेयर लिलाममा राखेको थियो । जसमा ३८० रुपैँसम्म अधिकतम आवेदन गरेकोमध्ये ३२५.५० रुपैँयासम्म आवेदन गर्ने २१९ जना लगानीकर्ताले साधारण लिलामको सेयर सकारेका थिए । संस्थापक सेयरमध्ये अधिकतम ३०१ रुपैँयासम्म आवेदन परेपनि २११.३० रुपैँया आवेदन गर्ने बोलकबोलदाताले संस्थापक सेयर सकारेका हुन् ।

बैंकले फागुन २७ गतेदेखि चैत ३ गतेसम्म बोलकबोलको आवेदन लिएर चैत ४ गते बोलकबोल खोली १० गते बाँडफाँड गरेको थियो । बैंकको १८ औं साधारणसभाले २०.७५ प्रतिशत र १२ प्रतिशत हकप्रद जारी गरेर चुक्ता पूँजी ७ अर्ब ३९ करोड पुर्याउने निर्णय गरेको छ । बैंकको प्रतिसेयर आम्दानी २४.६६ रुपैँया रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।