जनता बैंकको सेयर लिलामीमा कति मूल्य कबुल्नेले सेयर पाए ?

Mar 29, 2017 Merolagani

जनता बैक(JBNL)ले सात लाख ६७ हजार ५५२ कित्ता सेयरको लिलामी गरेको छ । बैंकले ५० प्रतिशत हकप्रद निश्काशन गर्दा नबिकेको सर्वसाधारण समूहको तीन लाख ७१ हजार २६ कित्ता र संस्थापक समूहको तीन लाख ९६ हजार ५२६ कित्ता लिलाममार्फत बेचेको छ ।

चैत्र १५ गतेसम्म प्राप्त लिलामसम्बन्धी बोलपत्रहरु चैत्र १६ गते एनसीएम मर्चेन्ट बैंकिड.को कार्यालयमा खोलिएको हो । मर्चेन्ट बैंकिड.ले जनाए अनुसार सर्बसाधारणतर्फकोे सेयर प्रतिकित्ता २८२ रुपैयाँ भन्दा माथि मूल्य हाल्नेले पाउने संभावना देखिएको छ ् ।

त्यसैगरी संस्थापक सेयर तर्फ प्रतिकित्ता १०५ रुपैयाँमाथि मूल्य कबुल्नेले सेयर पाउने देखिएको छ ।

जनता बैंकको सेयर लिलाम सकार्न सर्बाधारण तर्फ एक हजार २७३ र संस्थापकतर्फ ५१ आबेदकले बोलपत्र पेश गरेका थिए । सेयरको बाडफाड चैत्र २२ गते मात्र हुनेछ ।

जनता बैंक त्रिबेणी बिकास बैंकसँग मर्ज सक्याएर आउने सातादेखि संयुक्त बित्तीय कारोबार गर्ने तयारीमा छ । उसले बित्तीय कारोबार सुरु गरेको बढीमा एकसातापछि सेयर कारोबार पनि चालु गर्ने तयारी थालेको छ ।

जनता बैंक र त्रिबेणी बिकास बैंकबीच गाभिने प्रक्रिया पुरा भएपछि सिद्धार्थ डेभ्लपमेन्ट बैंकलाई एक्विजिनशन गर्ने सम्झौता राष्ट्र बैंकमा प्रस्तुत गरी प्रक्रिया अगाडि बढाउने भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।