सानीमाको ३० प्रतिशत र लक्ष्मी बैंकको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने विहीबार अन्तिम दिन

Mar 30, 2017 merolagani

सानिमा बैंक (SANIMA) को ३० प्रतिशत र लक्ष्मी बैंक (LBL) को शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्न विहीबार सेयर किन्ने अन्तिम दिन हो । सानीमा बैंकले जारी गर्ने ३० प्रतिशत तथा लक्ष्मी बैंकले जारी गर्ने शतप्रतिशत हकप्रद बिक्री गर्न दुबै बैंकले शुक्रबार सेयरधनी किताब बन्द गर्ने सूचना यसअघि नै प्रकाशित गरिसकेका छन् । 

विहीबारसम्म दुबैं बैंकको सेयरमा स्वामित्व कायम गरेका पानीमा रक्ष्मी बैंकका लगानीकर्ताले क्रमश १० बराबर तीन तथा एक बराबर एक कित्ताका दरले हकप्रद भर्न पाउनेछन् । सानिमा बैंकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात एक अर्ब ५९ करोड १७ लाख ६१६ रुपैयाँ बराबरको एक करोड ५९ लाख १७ हजार छ सय १६ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो भने लक्ष्मी बैंकले चुक्ता पूँजी तीन अर्ब १५ करोड ९० लाख ३० हजार चार सय बराबरको तीन करोड १५ लाख ९० हजार ३०३ कित्ता हकप्रद  बैंशाख ३ गतेदेखि जेठ ७ गतेसम्म निष्काशन गर्न लागेको हो ।

सानिमा बैंकले ३० प्रतिशत हकप्रदका लागि बुक क्लोजको मिति तोक्यो

सानिमाले हकप्रद निष्काशनका लागि सिटिजन्स् बैंकको सहायक कम्पनी सिबिआईएल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । ३० प्रतिशत हकप्रद बिक्री गरेपछि सानिमाको चुक्ता पुँजी ६ अर्ब ८६ करोड रुपैयाँ पुग्नेछ । सानीमाले नेपाल राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन आगामी असार मसान्तसम्ममा बैंकले थप एक अर्ब बोनस तथा अन्य विकल्पबाट १४ करोड रुपैंया पूँजी बिस्तार गर्नु पर्ने हुन्छ ।

यता लक्ष्मीले प्रोफेसनल दियालो विकास बैंकलाई गाभेपश्चात कायम पूँजीको शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । बैंकले हकप्रद निष्काशनका लागि सिद्धार्थ क्यापिटललाई जिम्मेवारी सुम्पेको छ । लक्ष्मी बैंकको हकप्रदले समेत पाउने गरि १८.२९ प्रतिशत बोनस तथा शतप्रतिशत हकप्रद बिक्री गरेपछि चुक्ता पूँजी साढे सात अर्ब रुपैँया नाघ्नेछ । राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन आगामी असार मसान्तसम्ममा बैंकले थप  ५० करोड रुपैँयाको बोनस वितरण गरेपछि सजिलै पुग्नेछ । 

लक्ष्मी बैंकले शतप्रतिशत हकप्रदका लागि तोक्यो बुकक्लोज, नउचालिनुस्

सानिमा बैंकको सेयर बुधबार सेयर बजारमा ५६० रुपैँया तथा लक्ष्मी बैंकको सेयर ७७७ रुपैँया कारोबार भएको थियो । हकप्रदमा आउने कम्पनीका सबै पक्षमा वित्तिय विवरण अनुसार अध्ययन नगरि लगानीकर्ताले सेयर बजार उच्च अंकले वृद्धि भैरहेको समयमा उचालिएर सेयर किन्नु घातक हुन सक्नेतर्फ ध्यान दिनुपर्ने हुन्छ । हकप्रदमा नबिकेका सेयर समेत लिलाममा आउने क्रम तीब्र बन्दा हकप्रदकै लागि उचालिएर सेयर किन्नुभन्दा सुझबुझपूर्ण निर्णय गर्नु श्रेयस्कर हुने देखिन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।