बीमाले बजारलाई उचालेपछि दोस्रो सर्किट लागेर आजका लागि कारोबार बन्द

Apr 02, 2017 Merolagani

नेपाल स्टक एक्सचेन्ज ( नेप्से) मा आज समग्र बजार पाँच प्रतिशतले बढेपछि दोस्रो सर्किट लागेर पुरै दिनका लागि कारोबार बन्द भएको छ । बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाउने निर्णय सार्बजनिक गरेपछि भएको पहिलो दिनको कारोबारमा दुईपटक सर्किट लागेर कारोबार बन्द गर्नु परेको हो ।

पहिलो सर्किट ब्रेक लागेर आघा घण्टाका लागि कारोबार रोकिएकोमा त्यसपछि फेरि बजार खुल्दा पाँच प्रतिशतले बजार बढेको थियो । 

 

चार घण्टाको कारोबार समय हुने भए पनि आज दुई घण्टाको समयमा  ७९.४७ अंकले परिसुचक बढी नेप्से १६६७.११ मा बन्द भएको छ भने कारोबार रकम ९६ करोड ४२ लाख मात्रै भएको छ ।

दिउँसो १ बजे नेप्से परिसूचक समग्र रुपमा चार प्रतिशतले बढेपछि पहिलो सर्किट लागेको थियो । ३० मिनेटपछि फेरि खुलेको बजारमा  ८ मिनेट ननाघ्दै दोस्रो सर्किट लाग्यो । पहिलो सर्किट लाग्दा नेप्सेमा ६३.५७ अंकको बृद्धि भई सूचक १६५१.२१ पुगी ८० करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

प्राय सबै बीमा कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतले बढ्दा पनि बिक्रीकर्ताको चरम अभाव देखिएको छ ।

बीमा कम्पनीको सूचक ७३३ अंकले बढेपछि नेप्सेमा दोस्रो सर्किट लागेको हो । यसमा बाणिज्य बैंक, होटल र बिकास बैंकहरुको सूचक पनि उल्लेखनीय रुपमा बढेको छ । बीमाका साथै तेस्रो त्रैमासमा गर्ने प्रगति आँकलनको कारणले बाणिज्य बैंकतर्फ पनि लगानीकर्ताहरुको आकर्षण देखिएको छ । सबै समूहका कम्पनीका सेयर मूल्य बढेको छ ।

सेयर बजारमा धेरै सेयर मूल्य बढ्न र घट्न नदिन सर्किट लगाएर कारोबार रोक्ने गरिन्छ । कम्पनीको हकमा १० प्रतिशत र समग्र सूचकको हकमा तीन, चार र पाँच प्रतिशतको सेयर मूल्य घट्ने, बढ्ने सिमा तोकिएको हुन्छ । तीन पीतशतले बजार बढेर पहिलो सर्किट लागेमा १५ मिनेट, चार प्रतिशतले बढेमा ३० मिनेट र पाँच प्रतिशतले बढेमा बाँकी पुरै समयका लागि कारोबार रोक्ने नियम छ । एउटा कम्पनीको सेयरमा १० प्रतिशत भन्दा बढी मूल्य तलमाथि हुन पाउँदैन ।

चार कम्पनीका लगानीकर्तालाई मर्का

बोनस सेयर तथा हकप्रद सेयर जारी गर्ने प्रयोजनका लागि गत शुक्रबार चैत्र १८ गते सेयरधनी दर्ता किताब बन्द अर्थात बुक क्लोज भएका कम्पनीहरुको सेयर मूल्य समायोजन आज आईतबार सेयर कारोबार खुल्नु अगावै हुनुपर्ने थियो तर त्यो नहुँदा हजारौं लगानीकर्ता प्रभावित भ।

सानिमा बैंकको ३० प्रतिशत हकप्रद, लक्ष्मी बैंकको शतप्रतिशत हकप्रद, कृषि विकास बैंकको २० प्रतिशत बोनस र सेञ्चुरीको दश प्रतिशत बोनसका लागि शुक्रबार सेयरधनी दर्ता पुस्तिका बन्द हुने सूचनाले विहीबार यी कम्पनीहरुको उच्च कारोबार भएको थियो ।

समायोजित सेयर मूल्य कति हुन्छ भनी प्रतीक्षा गरेर बसेका लगानीकर्ताहरु नेपाल स्टक एक्सचेन्जको वेभसाईटमा आईतबार दिउँसो दुई पटक सर्किट लागेर बीच समयमै सेयर कारोबार बन्दभएपछि पनि कुनै जानकारी नपाउँदा अन्योलमा परे । सेयर मूल्य समायोजन नभएका कारण ती कम्पनीको सेयर कारोबार समेत हुन सकेन ।

यस बारेमा नेप्से र सम्बन्धित कम्पनीहरुले केही बताएका छैनन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।