नेपाल बैंकले हकप्रद निष्काशन गर्न कहिले गर्ने भयो बुकक्लोज ?

Apr 03, 2017 Merolagani

नेपाल बैंक (NBL) ले २३ दशमलव ७४ प्रतिशत हकप्रद निष्काशन गर्नका लागि सेयरधनी पुस्तिका बन्द गर्ने मिति निर्धारण गरेको छ । बैंकले यहि चैत २९ गते मंगलबार सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेको हो । बैंकको हकप्रद सुरक्षित गर्न चाहने लगानीकर्ताले चैत २८ गते सोमबारसम्ममा सेयर खरिद गरिसक्नु पर्नेछ ।

५१ प्रतिशत सेयर रणनितिक साझेदारलाई बिक्री गर्ने निर्णय गरेको बैंकले हाल कायम पूँजीलाई आठ अर्बको लक्ष्यमा लैजान हकप्रद निष्काशन गर्न लागेको हो । सेयरधनी पुस्तिका बन्दको सुचना निकालेको बैंकले कहिलेदेखि सेयर निष्काशन हुने भन्ने खुलाएको छैन । बैंकले गत जेठ २८ गतेसम्पन्न साधारण सभाबाट २३ दशलाव ७४ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

बैंकले एक अर्ब ५४ करोड ३१ लाख रुपैयाँ बराबरको एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर जारी गर्नेछ । यसका लागि  बैंकले सिभिल क्यापिटलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । 

हाल नेपाल बैंकको चुक्तापूँजी ६ अर्ब ४९ करोड रुपैयाँ छ । हकप्रद पश्चात बैंकको पूँजी आठ अर्ब ८ अर्ब चार करोडको हाराहारीमा पुग्नेछ ।

बैंकले दोस्रो त्रैमाससम्ममा एक अर्ब ८९ करोड खुद नाफा कमाएको छ । 

बैंकको जगेडा कोषमा दुई अर्ब २४ करोड छ भने निक्षेप संकलन र कर्जा बिस्तार गर्दै लगेको छ । बैंकको प्रति सेयर नेटवर्थ १३५ रुपैयाँ, प्रति सेयर आम्दानी ५८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७ गुणा मात्र र निस्क्रिय कर्जा २.८५ प्रतिशत मात्र रहेको छ । यसले बैंकको अबस्था सुदृढ हुँदै गएको देखाउँछ ।

...[नेपाल बैंकको ५१ प्रतिशत सेयर रणनीतिक साझेदारलाई बेच्न अर्थ मन्त्रालय पुग्यो प्रस्ताव]...

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।